+
Search

ताजा अपडेट +

पपुलर +

शिवपुरी गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा सुरु, सङ्क्रमितलाई तीनहजार दिने

building of shivapuri rural municipality
डबली खबर
५ साल अगाडी

शेराबगर, नुवाकोट – शिवपुरी गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा सुरु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका बिरामीको लागि समेत सेवा दिने गरेर वडा नं. ५ को शेराबगरमा रहेको गाउँपालिकाको पुरानो भवनमा डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अनुसार गाउँपालिकाबासीको लागि स्वास्थ्य जाँच तथा परीक्षणको लागी सेवा सञ्चालनमा ल्याएकाले त्यसको लाभ उठाउन आग्रह गरेको छ । यसैगरी, गाउँपालिकाले संक्रमित बिरामीलाई घरकै एकान्तबाँसमा बस्ने सङ्क्रमितलाई पौष्टिकयुक्त खानाको लागी सहयोग पुग्ने उद्देष्यले एकमुष्ठ तीन हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँपालिकामार्फत जारी गरिएको सूचना अनुसार लक्षण नभएका सङ्क्रमितले घरकै एकान्तबासमा बस्न पाउने र त्यो समयमा खानपानको लागि सन्तुलित तथा पोष्टिकयुक्त खाना आवश्यक पर्ने भएकाले त्यसको लागि पालिकाले ३ हजार रुपैयाँ दिने जनाएको हो । यसैगरी, गाउँपालिकाले ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषहरुको लागि पनि मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको छ ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत एकल महिला र जेष्ठ नागरिकको रुपमा ७० वर्ष भन्दा माथीका व्यक्तिलाई मात्रै सामाजिक सुरक्षा भत्ता दिदै आएकोमा ६० वर्षदेखिकै एकल पुरुषलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता दिने निर्णय गरिएको गाउँपापलिकाको अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।

शिवपुरी गाउँपालिकाबाट प्रदा गर्ने सेवा सुविधा सम्बन्धि सूचना

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ