२०८०, ६ चैत्र मंगलवार

त्रिशुली सहकारीको अधिवेशनको लागि तयारी पुरा

डबली खबर     कार्तिक २८ २०७७ ०९:१३

trishuli bazar saankhu bajar nuwakot 2077 new
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

त्रिशुली, नुवाकोट – विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिशुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कोरोना कहरकाबीच २०औं साधारण सभा तथा अधिवेशनको तयारी पुरा गरेको छ ।

नुवाकोट जिल्लाको अग्रणी सहकारी संस्थाको रुपमा स्थापित रहेको सहकारीले कोरोनाभाइरस कारण सहकारीहरुले आफ्ना नियमित कार्यहरु गर्न नसकिरहेको अवस्थामा त्रिशुली सहकारीले भने आफ्ना सबै प्रक्रियाहरु नियमित रुपमा सम्पन्न गर्दै साधारण सभा तथा अधिवेशनको समेत तयारी पुरा गरेको सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले बताए । सहकारी विभागको असोज १ गतेको परिपत्र र कार्यविधिभित्र रहेर सहकारीले कार्यविधि तयार पारेको र सोही अनुसार साधारणसभा गरिन लागेको हो ।

कोरोनाभाइरसको समयमा साधारणासभा सञ्चालन गर्दा न्युनतम जाोखिमको सबै प्रकारका उपाय अबलम्बन गर्न यस संस्थाका उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरी सो अनुसार सबै उपाय प्रयोग गरी साधारणसभा सम्पन्न गर्ने उनले बताए । यस संस्थाको हाल भइरहेको कार्यसमितिको कार्यकाल यसै वर्ष सकिएको छ । अब हुने अधिवेशनबाट संचालक समिति र लेखा समिति चयन हुने उनले बताए ।

सहकारीको नयाँ कार्यकालको लागि अधिवेशनको लागि उम्मेदवारी दिन आज बिहान १० बजेर ३० मिनेटदेखि १२ बजेसम्म समय तोकिएको सहकारीले तोकेको निर्वाचन संयोजक महेन्द्र राउतले जानकारी दिए । यस अघि सहकारीले बिहिबार नै मतदाताको नामावली प्रकाशन गरेको थियो।

कोरोनाको कहर बीच सहकारीले स्वास्थ्य मापदण्ड अपनाई यहि मङ्सिर ३ गतेदेखि ५ गतेसम्म सदस्यता क्रमनुगत मतदान गरिने निर्वाचन संयोजक राउतले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top