२०८१, ११ बैशाख मंगलवार

लकडाउनको तिज सार्वजनिक (भिडियोसहित)

डबली खबर     श्रावण २३ २०७७ १६:५४

LOCKDOWN KO TEEJ NEW TEEJ SONG BINAY KARKI KABITA SHRESTHA -2020
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नेपालीहरुका विभिन्न चाडपर्वहरुमध्ये तिज पनि महिलाहरुले मनाउने महत्वपूर्ण चाड हो । परापूर्वदेखी धार्मिक एवं सांस्कृतिक प्रचलन अनुसार तिज पर्व मनाइदै आइएको छ । यो हिन्दु पर्व भए पनि अहिले सबैले मनाउने गरेका छन् । अहिलेको समावेशी समाजको लागि यो राम्रो पक्ष पनि हो । यसैले समभावनाको बोध गराउँदछ । वास्तवमा यो विशेष परम्परागत पर्व हो ।

यसपटक कोरना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तिजका बिभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन्।  यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेली ‘लकडाउनको  तिज’ सार्वजनिक गरेका छन्।

यस गीतमा  शब्द मनोज सिग्देल ‘युरेश’को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ।  गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन्।  स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्।  भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।  

२०६५ साल देखि निरन्तर  संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्।  सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिदै सिग्देलले सुरक्षित तरिकाले तिज मनाउन अनुरोध गरेका छन्।  

भिडिओ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top