+
Search

ताजा अपडेट +

पपुलर +

कैलाश टेकेर आएँ

keshav chaulagain dolakha lecture nepal
डबली खबर
५ साल अगाडी

कसरी भनौं मैले कैलाश देखेर आएँ!!!
कैलाश बाशी त कहाँ,
कहाँ लुक्नु भो कुन्नि
उनका जटामा गंगा
स्नान गरेर आएँ
सौभाग्य रैछ मेरो, पाईला टेकेर आएँ।

गार्है छ पत्याउन यो जगतमा
आफैंले नदेखि स्वर्ग,
आँखैले नदेखि नर्ग
ठेगाना जुन छ उनको
भन्थे महर्षिहरु
स्वरुप छ यस्तो भन्थे
पुराण शाश्त्रहरु
उनकै जटामा गंगाको
च्यादर उडेको देखें
कसरी भनु मैले कैलाश टेकेर आएँ!!!
सौभाग्य रै छ मेरो पाईला टेकेर आएँ।

हिउँले शान्त पार्न नसकेका
शहश्र शिवलिङ्ग
तनक्क तन्किएका
कहाली लाग्दा
खरानी घसेजस्ता
टुप्पा टुप्पामा दुधका धारा झरेको देखे।
स्पर्श पनि गरें, निले घुटुक्क केही
अमृतका वुटीहरु फुल्दै गरेको देखें
कसरी भनुं मैले कैलाश देखेर आएँ!!!!
सौभाग्य रै छ मेरो, पाईला टेकेर आएँ।

धारीला चुच्चा चुच्चा
त्रिशुलका टुप्पाहरु।
खै कस्तो बज्थ्यो कुन्नी
डमरुका गोटीहरु।
मगमग बनफुलको बास्ना
थोरै सुघेंर आएँ
सधैँलाई खुल्ला छैन
सबैलाई खुल्ला छैन
कैलाशका ती ढोका
भाग्य लिई, साईत जुराई
कैलाश पसेर आएँ
कसरी भनुं मैले कैलाश पसेर पाएँ
उनकै दया बमोजिम एक क्षण बसेर आएँ।
कसरी भनुं मैले कैलाश देखेर आएँ!!!!
सौभाग्य रै छ मेरो पाईला टेकेर आएँ।

कमाई रैछ र केही
पुर्व जनम् जनम्को
उनैले ताने, आउँन सक्दिन भन्दाभन्दै।
सुंघेर गन्ध जटाको
आँतिदै, मात्तिदै लरवराउंदै
पुंगे समिपमा उनको
कुर्न सकेत उनको हुन्थ्यो होला दर्शन
उनका दयाका आँशु छांगा बनेका देखें
ए हजुर!! पत्याउनु आफ्नो कुरा!
करुणाका ढिका आँशुका
पोखरी देखेर आएँ
जटामा निर्मल निर्मल पोखी देखेर आएँ
वास्तवमा जटा पोखरी दर्शन गरेर आएँ
कसरी भनुं मैले कैलाश देखेर आएँ!!!???
कैलाश टेकेर आएँ…

-जटापोखरी, दोलखा

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ