sujim bazar advert

टेलिकमको सुविधा वेबसाइटबाटै

डबली खबर     साउन १२, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Telecom
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर, नुवाकोट – नेपाल टेलिकमको नयाँ वेबसाइटबाटै १८ किसिमका सुविधा लिन सकिने भएको छ । टेलिकमको वेबसाइटलाई परिमार्जित गर्दै थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको हो।

नेपाल टेलिकमको वेबसाइटबाटै लिन सकिने सेवा हरु यस प्रकारका रहेका छन् । जसको लागि पहिला टेलिकमको वेबसाइट खोलेर “सेल्फ केयर” बटनमा क्लिक गरी खाता खोले पछि मात्र सेवा लिन सकिन्छ।

  1. सेल्फ केयर अकाउण्टमार्फत टेलिकमका विभिन्न सेवाको रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरीद गर्न सकिन्छ ।
  2. यसैबाट आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट पठाउन पनि मिल्छ ।
  3. त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सको जानकारी समेत यसैमा देखिन्छ ।
  4. रिचार्ज कार्डमा भएको पिन नम्बर राखेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर वेबसाइटबाटै कम्पनीका विभिन्न सेवामा अनलाइन रिचार्ज गर्न सकिने सुविधा पनि छ।
  5. नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाईसी फर्म वेबसाइटबाटै भर्न सकिन्छ ।
  6. कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड एण्ड फ्याम्ली सेवा, नमस्ते क्रेडिट सेवा, मिसकल अलर्ट सेवा, डेटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवाको जानकारी पाइन्छ । साथै भ्याल्यू एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टू द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेको जानकारी पनि वेबसाइटमै छ ।
  7. कम्पनीले उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्याण्डलाइन तथा अन्य विभिन्न सेवाहरुको बारेमा समेत जानकारी लिन सकिने सुविधा यसैमा छ ।
  8. रिचार्ज कार्डमा ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा समेत वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा छ।
  9. टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बरका लागि १९७ मा फोन गर्नै पर्दैन । सजिलै वेबसाइटमा गएर आफै खोज्न सकिन्छ ।
  10. विभिन्न डेटा प्याकेजको जानकारीदेखि आफूलाई आवश्यक डेटा प्याकेज रोजेर खरिद गर्न सकिने सुविधा पनि वेबसाइटमा छ । त्यसमा हाल लोकप्रिय रहेका डेटा प्याकेजहरुलाई क्रमशः रुपमा राखिएको छ । जसले गर्दा छनौटमा पनि सहजता मिल्नेछ ।
  11. कम्पनीको मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन सेवा, एफटीटीएच तथा एडीएसएल सेवाको बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि आवश्यक सर्टकोड पनि वेबसाइटमै देख्न सकिन्छ ।

माथि उल्लेखित सेवा बाहेक नेपाल टेलिकमको वेबसाइटको माध्यमबाट टेलिकमका सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top