२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा स्वास्थ्य बिमा लागू, स्वास्थ्य बीमा नियमावलीसहित

    असार २२ २०७७ १३:२४

Health Insurance launch in Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नेपालको संविधानले ‘नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ प्रावधान अनुसार नुवाकोटमा पनि स्वास्थ्य बीमा कार्यक्रम आइतबारदेखि लागू भएको छ ।

स्वास्थ्य बीमा बोर्डले विदुरमा आयोजना गरेको कार्यक्रममा बीमा बोर्डकी सदस्य ओमकुमारी कँडेलले विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेको छ । नुवाकोट स्वास्थ्य बीमा सञ्चालन भएको ५८ औं जिल्ला हो । बागमति प्रदेशमा भने नुवाकोट स्वास्थ्य बीमा शुरु भएको आठौँ जिल्ला हो ।

बोर्डले जिल्लाका विदुर नगरपालिका, ककनी गाउँपालिका र लिखु गाउँपालिमा गरी ८८ जना स्वास्थ्य बीमा सम्बन्धी सदस्यता दर्ता प्रतिनिधिहरुलाई तीन दिने तालिम समेत दिएको छ । बोर्डले प्रत्येक वडाका १/१ जना जना स्वास्थ्य बीमा अभिकर्ताहरु किट ब्यागसहित १/१ स्मार्ट मोबाईल दिई परिचालन गरेको छ । मोबाईलमा बीमा एप राखिए अफलाईन र अनलाईन दर्ता गर्न सकिने व्यवस्था रहेको छ।

स्वास्थ्य बीमा सदस्यता प्रक्रिया चार चक्रमा रहेको छ। वैशाख, जेष्ठ र असारको लागि भदौ महिनाको १ गते सेवा क्रियाशील हुनेछ भने साउन, भदौ र असोजको लागि मङ्सिर १ गते सेवा क्रियाशील अवधि कार्यक्रमको सेवा सुरु हुनेछ। यस्तै कार्तिक, मङ्सिर र पुसको लागि फाल्गुण १ र माघ, फाल्गुण र चैत्रको लागि जेष्ठ महिनाको १ गतेबाट सेवा क्रियाशील अवधि कार्यक्रमको सेवा सुरु हुनेछ।

स्वास्थ्य बीमा गरेपछि नुवाकोटमा जिल्ला (त्रिशुली) अस्पताल, खरानीटार, ककनी र देउराली अस्पतालबाट आवश्यक कागजात देखाएर ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायत ७० प्रकारका रोगहरुका निशुल्क औषधी र उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

नेपाल सरकारले स्वास्थ्य बिमा सम्बन्धि जारी गरेको नियमावलीअनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन सक्छन् । त्यसपछि एक लाखसम्मको स्वास्थ्य बिमा गर्न पाईनेछ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गनर्ेे कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

स्वास्थ्य बीमा नियमावली

स्वास्थ्य बिमाको युटुब च्यानल

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top