२०८१, १२ बैशाख बुधबार

ग्लोबल सहकारीले गर्यो ४९ सेयर सदस्यको कोरोना बीमा

डबली खबर     असार ६ २०७७ १६:२६

global cooperative sahakari khabar news nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बजारमा रहेको ग्लोबल उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना सेयर सदस्य र कर्मचारीहरुको कोरोना बिमा गरेको छ ।

सहकारीले शिखर इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी ४९ सेयरसदस्य र ५ कर्मचारीहरुको प्रति एक लाखको बिमा गरिएको सहकारीका अध्यक्ष विष्णुप्रसाद रिमालले जानकारी दिए ।

पिसिआरमार्फत कोरोना पोजेटिभ पुष्टि भएकाम प्रिमियम बुझाएको आधारमा बिमित रकम दावी भुक्तानी गर्न पाइने सहकारीका सल्लाहकार संयोजक पवन नेपालले जानकारी दिए ।

बन्दबन्दीको समयमा पनि सहकारीले आफ्ना सेयर सदस्यहरुको सुविधाको लागि सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top