२०८१, १४ बैशाख शुक्रबार

पखालाबाट जोगाउन नुवाकोटका बालबालिकालाई रोटा खोप दिइदै

    असार ५ २०७७ १७:२१

sagar prasad ghimire head of district health office nuwakot dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पखालाका कारण हुने बालबालिकाको मृत्युलाई रोक्न सरकारले यहि महिनादेखि रोटा भाइरसविरुद्धको खोप देशभर सुरु गर्ने भएको छ।

रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनको लागि नुवाकोटका १२ वटै स्थानीय तहहरुका स्वास्थ्य संयोजक र स्वास्थ्य चौकी इन्चार्जहरुलाई खोप सम्बन्धि जानकारी दिनको लागि शुक्रबारदेखि दुई दिने तालिम सदमुकाम विदुरमा सुरु भएको छ।

झाडापखाला करिब ३८ प्रतिशत रोटा भाइरसको कारणले हुने भएकोले पखालाबाट हुने मृत्यु रोक्नको लागि पूर्व प्रतिरोधात्मक रोटा खोप नियमित रुपमा बालबालिकाहरुलाई लगाईने जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर प्रसाद घिमिरेले बताए । यो खोप जन्मेको ६ हप्ता र १० हप्ता गरी शिशुलाई दुईपटक रोटारिक्स खोप दिइनेछ ।

विशेष गरि गर्मीको समयमा पानी र दुषित खानाबाट रोटा भाइरसको संक्रमण बढी हुने घिमिरेले बताए। जसका लागि भाइरसविरुद्ध खोप र सरसफाईको माध्यमबाट नै न्युनिकरण गर्न सकिन्छ। सरसफाईमा पानी जोडिने भएकोले पानीलाई शुद्धीकरण गरी खानु पर्नेछ। स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, रोगको संक्रमण रोकथाम लगायत अन्य सरसफाईका लागि पनि रोटा भाइरसविरुद्धको खोप अन्तर्गत सरसफाई कार्यक्रम पनि गरिने बताए।

बालबालिकाहरुमा झाडापखाला लाग्ने, वान्ता हुने लगायतका लक्षणहरु रोटा भाइरसको संक्रमणबाट हुने गर्दछ। हाल बालबालिकाको लागि पखालाको उपचारको लागि जिंक चक्की र जीवनजल दिईने गर्दछ तर रोटा भाइरसबाट हुने झाडापखाला हुनै नदिनको लागि रोटारिक्स खोप दिईने घिमिरेले बताए।

खोप तथा सरसफाई सम्बन्धि कार्यक्रमका लागि सबै स्थानीय तहहरुमा नै गरिने भएको छ।

सरकारको नियमित खोप कार्यक्रममा हाल वीसीजी, पोलियो, पीसीभी, जेई, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, हिब) एमआर र एफआईपीभी खोप रहेकोमा अब रोटा शुरु भएपछि नियमित खोपको संख्या १२ पुगेको छ । देशभर ६ लाख २० हजार बालबालिका रहेको परिवार कल्याण महाशाखाले जनाएको छ।

सरकारले रोटाभाइरस विरुद्धको खोप सन् २०१६ देखि नै शुरु गर्ने तयारी गरेको थियो तर खोपको उपलव्धतामा विभिन्न समस्या हुँदा यो खोपको शुरुवात झण्डै ४ बर्ष पछि सुरु हुन लागेको हो । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top