२०८१, ११ बैशाख मंगलवार

सारथी सहकारीले गरायो सेयरसदस्य र कर्मचारीहरुको कोरोना बीमा

डबली खबर     असार ४ २०७७ १४:१६

saarathi sahakari coronavirus covid 19 insurance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना सेयर सदस्य र कर्मचारीहरुको कोरोना बिमा गरेको छ ।

सहकारीले नेको इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी सेयरसदस्य र कर्मचारीहरुको प्रति एक लाखको बिमा गरिएको सहकारीका अध्यक्ष गोकर्ण रोक्काले जानकारी दिए ।

पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा प्रिमियम बुझाएको आधारमा बिमित रकम दावी भुक्तानी गर्न पाइने सहकारीका व्यवस्थापक सुदीप श्रेष्ठले जानकारी दिए । सहकारीले ऋणीहरुको हकमा मात्र असार मसान्तसम्म म्याद थप गरेको र यस अवधिमा पुराना तिर्न बाँकी कर्जा तथा व्याज भुक्तानी गर्न आएमा सम्पूर्ण हर्जना तथा अन्य शुल्क मिनाहा गरिएको श्रेष्ठले जानकारी दिए ।

सहकारीले बिषम परिस्थितीमा पनि ग्राहकहरुको सुविधाको लागि घरमै पुगेर सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top