sujim bazar advert

डीजी स्कूलले “स्कूल म्यानेजमेन्ट” सफ्टवेयर निःशूल्क प्रदान गर्ने

    जेष्ठ २७, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

Digi School Global Mobile Friendly Interface
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं – डीजी स्कूलले विकास गरेको “स्कूल म्यानेजमेन्ट” सफ्टवेयर निःशूल्क प्रदान गर्ने भएको छ ।

डीजी स्कूल ग्लोबलले विद्यालयका सम्पूर्ण गतिविधिलाई अनलाइन माध्यमबाट व्यवस्थित गरी विद्यालयहरुलाई स्मार्ट बनाउने अवधारणामा सफ्टवेयर तयार गरिएको डीजी स्कूल ग्लोबलका प्रवर्द्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

विद्यालयलाई स्मार्ट बनाउने सफ्टवेयर बेलायतको एनससीसी एजुकेसनले विद्यार्थीका लागी तयार पारेको कम्प्युटर पाठ्यक्रम ‘डीजी स्कूल’लाई नेपालमा प्रवर्द्धन गर्न ‘विद्यालय सपोर्ट कार्यक्रम’ अन्तर्गत सफ्टवेयर तयार पारिएको सफ्टवेयर संयोजक मनिषा खड्काकाले जानकारी दिए ।

सफ्टवेयर प्रयोग गर्न चाहने विद्यालयले ९८०१२२४२७७ मा सम्पर्क गर्न तथा ईमेल पठाउन सकिने सफ्टवेयर संयोजक मनिषा खड्काले जानकारी दिए ।

सफ्टवेयर मार्फत विद्यार्थी तथा शिक्षकको तथ्यांक, हाजिरी र विदा, शूल्क संकलन, कार्यालय अभिलेख, आम्दानी तथा खर्च लगायतको सुविधा रहेको छ । अनलाइन परीक्षा प्रणाली समेत रहेको सफ्टवेयरमा भौतिक रुपमा लिइएको परिक्षाको स्क्यान गरि अभिलेख समेत राख्न मिल्नेछ ।

सफ्टवेयरकै माध्यमबाट गृहकार्य, अनलाइन सञ्चार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख राख्न सकिन्छ। स्कूल बस र होस्टेलका सम्पूर्ण गतिविधि, विद्यार्थीको प्रगति विवरण र प्रमाणपत्र हेर्न र प्रिन्ट गर्न मिल्ने व्यवस्था रहेको छ ।

सफ्टवेयरको नमुना हेर्न यहाँ क्लिक गर्नुहोला

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top