+
Search

ताजा अपडेट +

पपुलर +

के तपाईंले आफ्ना बालबालिकालाई “युट्युब किड्स” चलाउनु दिनु भएको छ?

डबली खबर
५ साल अगाडी

आजकल, सानो बालबालिकाले स्मार्ट फोनको माग गर्न थालेका छन् र उनीहरूको सबभन्दा मनपर्ने चीज भनेको नै यूट्यूब भैसकेको छ ।

इन्टरनेट सेवा प्रदायक इन्डियन कम्पनीले पनि “जन्मेको नै इन्टरनेटको लागि” भन्दै बालक जन्मेपछि बालक स्वयमले इन्टरनेटको प्रयोगबाट यूट्यूबको माध्यमबाट आफ्नै नाभी काटेर मोवाईल चलाउँदै प्रत्यक्ष प्रसारण गरको विज्ञापनले अहिलेको बालबालिकाहरुको इन्टरनेट पहुँचलाई दर्शाउँछ ।

बालबालिकाहरू प्राय: कार्टुन वा अध्ययनसँग सम्बन्धित केही चीजहरू हेर्न सुरू गर्दछन्, तर कहिलेकाँही तिनीहरूले भिडिओमा केहि भिडियोहरू भेट्टाउँछन् जसले बाल मनोविज्ञानमा असर पार्दछ। नेपाली उक्खान, “घाँटी हेरेर हाड निल्नु” भने झैँ आफ्ना बालबालिकालाई उमेर अनुसार पहुँचको आधारमा मनोरञ्जनको लागि इन्टरनेटको प्रयोग गर्न दिनुपर्छ ।

सजक

इन्टरनेटमा बालबालिकाको उमेर १३ वर्ष वा माथिको हुनु पर्ने सिमित गरिएको छ। तर अहिले आफ्ना बालबालिकाको लागि दुई वर्षको उमेरदेखि नै नाम उही राखेर उमेर बढाई मोवाइल एप चलाउन दिने गरिएको छ। यद्यपी यूट्यूब किड्सको लागि उमेर ४ वर्ष तोकेको छ। सोहि उमेर अनुसार नै यूट्यूब किड्समा मनोरञ्जनात्मक भिडिओ हेर्न सकिने व्यवस्था रहेको छ। यूट्यूब प्रयोगको लागि १३ वर्षभन्दा मुनिकालाई होइन भनिएको छ। तथापी अहिले उमेरको हकको पावन्दीलाई छोएको छैन। सहज र सरलको लागि आफ्नो बालबालिकाको लागि आफ्नो मोबाइलमा भएको यूट्यूब एप प्रयोग गर्न दिई रहेको छ। त्यस्तै, अन्य सामाजिक संजालमा पनि बालबालिकाको पहुँच अनावश्यक रुपमा आकर्षण बढेको छ। उमेर अनुसार शिक्षासहित इन्टरनेटको पहुँचमा पनि अभिभावाकले निगरानीको साथै सहज गराउनु पर्छ।

सुरक्षा

के तपाईंले सोच्नु भएको छ? तपाईंले प्रयोग गर्ने मोबाइल एपले तपाईको आनीबानी अनुसार तपाईको गोप्य कुराको अनुसरण गर्छ। तपाईंले पनि यूट्यूबमा हेरेका मनोरञ्जन, खेल, शैक्षिक, सेक्स लगायतका सबै प्रकारका भिडिओहरुको आधारमा तपाइको यूट्यूबको होम स्कीनमा देखिने गुगलले उल्लेख गरेको छ । अभिभावकको मोबाइल पनि प्राय: बालबालिकाले प्रयोग गरेको हुन्छ र सोहि अनुसार उनीहरुले पनि हेर्न सक्छ । बालबालिकालाई भिडियो हेर्न वा मोवाईल प्रयोग गर्न को लागि टाइमर (समय) तोकी दिनुपर्छ। मोवाइलको सेटिंग वा एप स्टोरमा ‘एप लकर’ पाईन्छ त्यसको प्रयोग गरि अनधिकृत रुपमा अनावश्यक भिडिओ हेर्नबाट आफ्ना बालबालिकालाई जोगाउनु पर्छ।

तसर्थ, यूट्यूब किड्सको प्रयोगले यो सबै समस्या समाधान गर्दछ । जसमा अभिभावक र बालबालिकाको पहिचान र प्रयोग गर्नको लागि कन्ट्रोल गर्न सकिन्छ। यसको लागि सर्वप्रथम तपाईंले यूट्यूब किड्समा पासवर्ड सेट गर्नुपर्छ ताकि बच्चाहरूले तपाईंको यूट्यूबलाई अधिक नियन्त्रण गरि सुरक्षित राखन मद्दत गर्दछ।

युट्यूब किड्स प्रयोग

माथिका छुट्टाछुटै लिंकमा गएर आफ्नो मोबाइल वा डिभाइसमा जडान गर्न सकिन्छ।

त्यसपछि तत् अनुसार तपाईंको ईमेल आईडीको साथ “साइन इन (Sign In)” गर्न सक्नुहुनेछ र तपाईंको जन्म मिति प्रविष्ट गर्नुहोस्, त्यसपछि आफ्ना बालबालिकाको लागि विवरण राखी अनावश्यक भिडिओ हेर्नबाट जोगाउन सकिन्छ। यसमा विज्ञापनरहित भिडिओ हेर्न सकिन्छ।

सेटिङमार्फत भिडिओ हेर्ने समयको पनि सिमित गर्न सकिन्छ भने अनावश्यक च्यानललाई पनि हटाउन सकिन्छ।

यूट्यूब किड्स हेर्न यहाँ हेर्न सकिन्छ

एकाउन्टको बारे बुझ्न

https://www.youtube.com/watch?v=ApmODQCtFdc

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ