काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले सरकारी वेबसाइट तथा एपका लागि अपनाउनुपर्ने सुरक्षा मापदण्ड जारी गरेको छ ।
पछिल्लो समय बढ्दै गएका साइबर आक्रमणका घटनाहरुलाई मध्यनजर गर्दै विभागले यस्तो निर्देशिका तय गरेको हो ।
नेपालमा कोरोनाभाइरसका कारण लागू गरिएको लकडाउनसँगै साइबर आक्रमणका घटना बढेका छन् । यस अवधिमा नेपाल उड्यन प्राधिकरणको वेबसाइट समेत ह्याकरको निशानामा परेका थिए ।
विभागले आइतबार सूचना जारी गर्दै कुनै पनि वेबसाइट तथा एपको थप सुरक्षाका लागि तोकिएको नियम पालना गरी सजग रहन आग्रह गरेको छ ।
विभागले वेबसाइट तथा एपको सुरक्षाका लागि निम्न सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।
- निरन्तर रुपमा ब्याकअप राख्नुपर्ने
- होस्ट गरिएका ठाउँबाट अनावश्यक फाइलहरु हटाउनुपर्ने
- सुरक्षित सकेट लेयर (एसएसएल) इन्क्रिप्सन प्रयोग गर्नुपर्ने
- लामो र सुरक्षित पासवर्ड प्रयोग गर्नुपर्ने
- अनावश्यक सर्भिस पोर्ट बन्द गर्नुपर्ने
- मल्टिफ्याक्टर अथेन्टिकेशनको प्रयोग गर्नुपर्ने
- अनावश्यक पोर्ट बन्द
विभागले वेबसाइट तथा एपका लागि जारी गरेको सुरक्षा सावधानी:

प्रतिक्रिया