काठमाडौं – विश्वभर फैलिएको कोरोनाभाइरसका कारण संक्रमण फैलन नदिन र रोकथामको लागि सरकारले लगाएको लकडाउनको अवस्थामा कालोबजारी नियन्त्रण गर्न र अत्यावश्यक सेवाको अभाव हुन नदिई बजार सुव्यवस्थित गर्न अनलाइनबाटै गुनासो तथा उजुरी लिन सकिने व्यवस्था बनाएको छ।
सरकारले आम नागरिकहरुको गुनासो तथा उजुरी लिएर कारबाही अगाडि बढाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गत उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याएको छ ।
उपभोक्ताले सेवा प्रदायक संघ, संस्था, व्यवसायले प्रदान गरेको असुविधाको विवरणसहित प्रमाण भएमा प्रमाणसहित आफ्नो विवरण भरि उजुरी वा गुनासो दर्ता गर्न सकिनेछ । आफ्नो गुनासोलाई गोप्य वा सार्वजानिक रुपमा राख्न पनि सकिने व्यवस्था रहेको छ । उक्त अनलाइन मार्फत उपभोक्ताले वेबसाईट तथा सामाजिक सञ्जालका माध्यमहरु फेसबुक, ट्वीटर, भाइबर, इमाे वा फोनको प्रयोग गरि आफ्ना गुनासो तथा उजुरी टिपाउन सकिनेछ ।
केहि दिन आगाडी मात्र सार्वजनिक भएको उक्त प्रणालीमा धेरैजसो ग्याँस अभाव, खाद्य सामग्रीको अभाव, सरसामानको अभाव, बढी मूल्यमा सामान बिक्री, ग्याँस कालोबजारी, मास्क कालोबजारी लगायतका विषयका गुनासो दर्ता गरेका छन् ।
प्रतिक्रिया