२०८१, १३ बैशाख बिहीबार

सही तरिकाले हात धुन सिकाउदै गूगल

    चैत्र ८ २०७६ ११:१०

google ignaz semmelweis and handwashing dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विश्वव्यापी फैलदै गईरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामको लागि गूगलले कोभिड-१९ संक्रमण रोकथामको लागि सचेतनामूलक डूडल सामग्री सर्च इन्जिनमा ल्याएको छ ।

हंगेरीयन चिकित्सक डा. ईग्नाज सेमेलवेइसद्वारा प्रतिवादित हातधुने सिद्धान्तलाई गूगलले डूडलमा राखेको भिडियो सामग्रीमा कोभिड-१९ संक्रमणबाट बच्न सही तरिकाले हात धुन सिकाइएको छ ।

गुगलको आफ्नो होमपेजमा रहेको लोगो अस्थायी रुपमा परिवर्तन गर्दै विश्व महामारी विरुद्ध सचेतना फैलाइरहेको छ । डूडलमा राखिएको ५० सेकेण्ड लामो भिडियोमा हात धुने तरिकालाई ६ चरणमा देखाइएको छ ।

यसको सहि प्रयोगको लागि ब्राउजरको अड्रेसबारमा गएर गूगल डटकम ब्राउज गरेपछि सर्चपेजको होममा डूडलको ‘प्ले’ बटनमा क्लिक गरेर भिडियो हेर्न सकिन्छ ।

गूगलले डुडलमार्फत विदा, उत्सव, उपलब्धि, ऐतिहासिक परिघटना आदिलाई मनाउँदै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top