+
Search

ताजा अपडेट +

पपुलर +

सही तरिकाले हात धुन सिकाउदै गूगल

google ignaz semmelweis and handwashing dabali khabar
डबली खबर
६ साल अगाडी

विश्वव्यापी फैलदै गईरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामको लागि गूगलले कोभिड-१९ संक्रमण रोकथामको लागि सचेतनामूलक डूडल सामग्री सर्च इन्जिनमा ल्याएको छ ।

हंगेरीयन चिकित्सक डा. ईग्नाज सेमेलवेइसद्वारा प्रतिवादित हातधुने सिद्धान्तलाई गूगलले डूडलमा राखेको भिडियो सामग्रीमा कोभिड-१९ संक्रमणबाट बच्न सही तरिकाले हात धुन सिकाइएको छ ।

गुगलको आफ्नो होमपेजमा रहेको लोगो अस्थायी रुपमा परिवर्तन गर्दै विश्व महामारी विरुद्ध सचेतना फैलाइरहेको छ । डूडलमा राखिएको ५० सेकेण्ड लामो भिडियोमा हात धुने तरिकालाई ६ चरणमा देखाइएको छ ।

यसको सहि प्रयोगको लागि ब्राउजरको अड्रेसबारमा गएर गूगल डटकम ब्राउज गरेपछि सर्चपेजको होममा डूडलको ‘प्ले’ बटनमा क्लिक गरेर भिडियो हेर्न सकिन्छ ।

गूगलले डुडलमार्फत विदा, उत्सव, उपलब्धि, ऐतिहासिक परिघटना आदिलाई मनाउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ