२०८१, १२ बैशाख बुधबार

“आमा” चलचित्रको पोस्टर सार्वजनिक

    आश्विन १६ २०७६ १३:२७

first look poster released of aama nepali movie
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

‘पशुपति प्रसाद’ सफल चलचित्र निर्देशन गरेका निर्देशक दिपेन्द्र के. खनालको नेपाली कथानक चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रमा खनालको छायाँकन, कथा, पटकथा तथा निर्देशन रहेको छ ।

वि.सं २०२० सालमा बनेको यही चलचित्रको नाम सापटी लिएर वि.सं २०५१ सालमा पनि चलचित्र बनेको थियो । दोस्रोपटक यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेका छन्। सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु मिथिला शर्मा र सुरक्षा पन्त देखिएका छन् । सुरक्षा अर्ध मुण्डनमा देखिएकी छिन् ।

सार्वजनिक पोस्टरले नायिका सुरक्षाले सामाजिक संस्कृतिलाई हटाउँदै आफैले आमाको लागि कपाल मुण्डन गरेको अनुमान गर्न सकिन्छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको मुख्य भूमिका रहनेछ ।

असारमा छायांकन भएको चलचित्र आगामी फाल्गुणको ९ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ । चलचित्रले ‘आमा र छोरी’ बिचको सम्बन्धलाई देखाएको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top