गायक सुविन्द्र केसीको “मेरो देश” राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
“आरोहण” एल्बममा रहेको डा. नवराज लम्सालको शब्दमा “मेरो देश” गीतमा संगीतकार टिका भण्डारीको सङ्गीत र हरिशरण सायमीको सङ्गीत संयोजन रहेको छ ।
विन्ध्यवासिनी म्युजिक प्रा.लि. को प्रस्तुती रहेको देशभक्ति भावनाले भरिएको राष्ट्रिय गीतमा “आमा म त मेरो देशको गीत गाउँदै हिड्छु”, “देशको जीवन मेरो पौरख” शब्दहरुले गीतमा सुन्दरता दिएको छ ।
भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् । यस्तै, म्युजिक भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।
गीतमा स्वयम्भुनाथ, पशुपतिनाथ लगायत नेपालका विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्रको दृश्यहरुलाई कैद गरको छ । भिडियोमा रहेको भेष–भुषा, रहनसहन र सांस्कृतिकले नेपाली पहिचानलाई झल्काइरहेका छन् ।
गत असारमा सार्वजनिक गरेको एल्बम गायक रामकृष्ण ढकालले सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया