+
Search

ताजा अपडेट +

पपुलर +

बाल गायिका समृद्धिको मर्मस्पर्शी गजल सार्वजनिक (भिडियोसहित)

डबली खबर
७ साल अगाडी

११ बर्षिया बाल गायिका समृद्धि तिमल्सिनाको पहिलो गजल युटुव मार्फत् सार्वजनिक भएको छ।

“भए पनि अफगान” बोल रहेको गजलमा समृद्धिले स्वर दिएका हुन् । गजलमा शब्द लोकराज अधिकारीको रहेको छ। संगीत गोविन्द मधुर अचार्यले भरेका छन्।

समृद्धिको दोस्रो गीत “भरेसा हौं तिमी मेरो”को चर्चा पश्चात निस्कीएको उनको स्वरमा रहेको पहिलो गजलमा गोविन्द मधुर अचार्यले संगीत संयोजन गरेका छन्।

सुर संगीत डिजिटल रेकर्डिङ्ग स्टुडियो काठमाडैंमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट कर्ण संज्याल हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ सन्तोष पौडेलले गरेका छन्।

छायाँङ्कन इमान बस्नेतले गरेका हुन् भने लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ । भिडियोको सम्पादन किशोर खनालले गरेका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ