२०८१, १४ बैशाख शुक्रबार

खग्रास चन्द्रग्रहण: कुन राशीलाइ कस्ताे प्रभाव ?

    श्रावण ११ २०७५ २१:५९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ज्योर्तिविद् डा. वीरेन्द्रप्रसाद कायस्थ 

काठमाडौं । ग्रहण एउटा विलक्षण खगोलीय घटना हो । ज्योतिष विज्ञानमा ग्रहणको अति महत्व छ । यसको सीधा प्रभाव समस्त जीवमा पर्छ । चन्द्रमा पृथ्वीबाट नजिक भएकाले यसको गुरुत्वाकर्षण प्रभाव बढी पर्दछ । यस कारण पूर्णिमाको दिनमा समुद्रमा रातिपख ज्वारभाटा आउँछ र यसको प्रभाव ग्रहणको दिनमा झन् बढी हुन्छ । भूकम्पको मुख्य कारण पनि ग्रहण हो । सौर्यमण्डलमा सूर्य एउटा प्रकाश पिण्ड हो । सूर्यको किरणले जति भाग प्रकाशित भएको हुन्छ, त्यो प्रकाशमान र अप्रकाशित भाग अन्धकारमय देखिन्छ । प्रकाशमान वस्तुबाट गएको प्रकाश समूहलाई जब कुनै अपार वस्तुहरूले छेक्छ त्यसपछि प्रकाशित वस्तुको विपरीत दिशामा छायाँ उत्पन्न हुन्छ । त्यो छायाँ प्रकाश ढाक्ने वस्तुको अनुपातमा सानो वा ठूलो आकारको हुन्छ ।

पूर्णिमा तिथिमा सूर्य–चन्द्र ६ राशि अर्थात् १ सय ८० डिग्रीको अन्तर भई शरको अभाव भई दुबै विम्बको बीचमा पृथ्वी पर्न आएमा सूर्यकिरण पृथ्वीको कारणबाट अवरुद्ध हुन्छन्, यसै छायाँलाई भू–छायाँ वा भूभा भनिन्छ । चन्द्र ग्रहणमा चन्द्रमा यसै छायाँमा प्रवेश गर्दछ । र, क्रमशः ढाकिँदै जान्छ ।  आकाशमा सूर्य क्रान्ति वृत्तमा र चन्द्रमा विमण्डलमा आ–आफ्नै गतिमा भ्रमण गर्दछ । क्रान्ति वृत्तमा रहेको सूर्य विम्ब र विमण्डल वृत्तमा रहेको चन्द्र विम्बको दक्षिणोत्तर अन्तरलाई शर भनिन्छ । यो शर १४ अंशभन्दा कम भएमा चन्द्र ग्रहण र क्रान्ति अक्षांश एवं नति–लम्बनसमेत संस्कार गरिएको सम्पात सूर्यको भूजांश ७ भन्दा कम भएमा सूर्य ग्रहणको सम्भावना हुन जान्छ । यस प्रकार पूर्णिमाका दिन चन्द्र ग्रहण र आंैसीका दिन सूर्य ग्रहणको सम्भावना हुन्छ ।

सामान्य रूपमा सूर्य र चन्द्र गरी दुई प्रकारको ग्रहणहरूको चर्चा बढी गरिन्छ । तर सूर्य ग्रहण लागेको बेलामा चन्द्रलोकबाट पृथ्वीतर्फ हेर्दा पृथ्वीमा पनि ग्रहण लागेको देखिन्छ । अर्थात् यसलाई भू–ग्रहण पनि भनिन्छ । यस वर्ष २०७५ साल साउन ११ गते शुक्रबार तद्नुरूप सन् २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ ।

स्पर्श:– राती १२:०९ बजे ।

सम्मिलन:– राती १: १५ बजे ।
मध्य राती:– ०२:०८ बजे ।
उन्मिलन:– राती ०२:५९ बजे ।

मोक्ष :–  राती ०४:०६ बजे ।

सर्वपर्व: ३ घन्टा ५७ मिनेट ।

यो ग्रहण उत्तरषाढा र श्रावण नक्षत्र मकर राशिमा हुन गइराखेको खग्रास चन्द्र ग्रहणले त्यस राशिमा जन्मने व्यक्तिहरूलाई विशेष कष्ट देखिन्छ । यो ग्रहण पृथ्वी तत्व मकर राशिमा हुन गइराखेकाले प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुने जस्तै ः बाढीपहिरो, भू–क्षय, गुप्त अपराध बढ्ने, मृत्यु संख्यामा वृद्धि हुने  र प्रसिद्ध व्यक्तिहरूको मृत्युको सम्भावना वा मृत्युतुल्य कष्ट हुने र देशमा राजनीतिक परिवर्तन हुने बढी सम्भावना देखिन्छ ।

यो ग्रहणले १२ राशिमध्ये ४ राशिलाई अति राम्रो हुने देखिन्छ । ती राशिहरूमा मेष, सिंह, वृृश्चिक र मीन छन् । अरू बाँकी राशिहरूलाई भने राम्रो छैन । त्यसैले ती राशिहरूले चन्द्र ग्रहण हेर्नु हँुदैन ।

चन्द्र ग्रहणको विभिन्न राशिमा प्रभाव

१. मेष राशि:– यस राशिका व्यक्तिहरूलाई यो ग्रहणले सुखमा वृद्धि गराउने छ । मान सम्मानमा वृद्धि हुने र ६ महिनासम्म नोकरी राम्रो हुने छ र व्यवसायमा प्रगतिको सम्भावना देखिन्छ ।

२. वृष राशि:– यो राशिको व्यक्तिलाई यो ग्रहणले मान सम्मानमा कमी ल्याउने देखिन्छ । भाग्यले साथ नदिने र बन्न लागेको काम पनि बिग्रिने योग रहेको छ । भाग्यका कारणबाट बन्न लागेको काम पनि बिग्रिने देखिन्छ । जसले गर्दा मानमा हानि हुने हुन्छ ।

३. मिथुन राशि:– यस राशिलाई यो ग्रहणले विभिन्न कष्टहरू दिने देखिन्छ । यो कष्ट विशेष गरेर ऋण, व्यय, चोटपटकसम्बन्धी हुन सक्छ । अतः आगामी ६ महिनासम्म सचेत हुन अति आवश्यक छ ।

४. कर्कट राशि:– यस राशिका व्यक्तिहरूलाई यो ग्रहणले दैनिक रोजगारमा गडबढी र स्त्री पीडा भएकाले विपरीत लिंगीप्रति सचेत हुनुपर्र्ने र आगामी ६ महिनासम्म सचेत हुन आवश्यक  छ ।

५. सिंह राशि:– यस राशिलाई यस ग्रहणले सुख वृद्धि गराउने देखिन्छ । लामो समयदेखि ऋण र शत्रुदेखि पीडित हुने व्यक्तिहरूलाई यो ग्रहणको कारणबाट ती कुराबाट मुक्त हुने देखिन्छ ।

६. कन्या राशि:– यो राशिका व्यक्तिलाई यो ग्रहणले आगामी ६ महिनासम्म चिन्ता उत्पन्न गराउने देखिन्छ । चिन्ता विशेष गरेर स्वास्थ्य, पेटसम्बन्धी सही समयमा उपयुक्त निर्णय गर्न  नसक्ने र मित्रबाट पनि चिन्ता उत्पन्न हुने देखिन्छ ।

७. तुला राशि:– यो राशिका व्यक्तिहरूलाई यो ग्रहणले ६ महिनासम्म राम्रो गर्ने छैन । भूमि तथा भवनसम्बन्धी समस्याहरू आउन सक्नेछ । यश र कीर्तिमा कमी आउने र स्वास्थ्यसम्बन्धी कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।

८. वृश्चिक राशि:– यस राशिका व्यक्तिहरूलाई यस ग्रहणले राम्रो फल दिने देखिन्छ । आगामी ६ महिनासम्म यात्रा गर्नुपर्ने, यात्राबाट धन लाभ हुने र गरेको कामबाट  श्री प्राप्ती हुने देखिन्छ ।

९. धनु राशि:– यो राशिका मानिसहरूलाई यो ग्रहणले राम्रो फल दिने देखिँदैन् । सञ्चित धनको नोक्सान हुने, नाता कुटुम्बबाट पनि सहयोग नपाउने र रायसल्लाह नमिल्ने, धनबाट कुनै भौतिक वस्तुको क्षति हुने देखिन्छ ।

१०. मकर राशि:– यो राशिका व्यक्तिलाई पारिवारिक दृष्टिकोणबाट उत्तम देखिँदैन् । आफ्नो जीवन साथीको व्यवहारबाट पनि खिन्न हुनु पर्नेछ । साना–तिना वादविवादमा फस्नु पर्ने र स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक छ ।

११. कुम्भ राशि:– यो राशिका व्यक्तिलाई यो ग्रहणले खर्च बढाउने देखिन्छ  । खर्च विशेष गरेर स्वास्थ्यसम्बन्धी हुने देखिन्छ । त्यसैले सचेत हुन अति आवश्यक छ ।

१२. मीन राशि:– यो राशिका व्यक्तिलाई यो ग्रहणले आकस्मिक धन लाभ गराउने देखिन्छ ।

ग्रहण सुतक

चन्द्र ग्रहणमा ९ घन्टा पहिले नै सुतक लाग्दछ । ग्रहणको समयमा यस धर्तीको सम्पूर्ण जीवजन्तु र वनस्पतिलाई सीधा प्रभाव  पार्दछ ।
ग्रहणको सुतक कालमा तीर्थस्थल, दान, जप, पाठ, मन्त्रतन्त्र, अनुष्ठान ध्यान, जीवन आदि शुभ कृत्यको सम्पादन गर्नु राम्रो हुन्छ । निर्णय सिन्धुमा लेखिएको छ, ‘ग्रहणको समयमा श्राद्ध गर्नु अति पुण्यदायी छ ।  चन्द्र ग्रहणको समयमा राहुका लागि वस्तु दान र जप गर्नुपर्दछ ।

ग्रहणको समयमा सुत्नु, भोजन गर्नु, मूर्ति स्पर्श र मलमूत्र आदि त्याग गर्नु वर्जित छ । यसमा बालक, वृद्ध र रोगीलाई छुट दिइएको छ । यसको अतिरिक्त ग्रहण कालमा हाँस्यविनोदलाई निषेध गरिएको छ । जस्तै फेसबुक, टिभी आदि पनि ।

ग्रहणसम्बन्धी देशपिच्छे भिन्न मान्यता

हिन्दुहरूको श्रीभद्भागवत पुराणको अष्टम् स्कन्धको नवम् अध्यायमा २४ श्लोकदेखि २६ श्लोकहरूमा ग्रहणका बारेमा यसरी चर्चा गरिएको छ, ‘सत्य युगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा निस्केको अमृतपान गराउन भगवान् विष्णुले मोहनी रूप धारण गरेका थिए । मोहनी रूपी भगवान् विष्णुले देवताहरूलाई अमृतपान गराएको दानवमध्ये एकजनाले थाह पाएर त्यो दानव देवताको रूप लिई देवताहरूकै समूहमा बसेर अमृतपान गरे । यो कुरा सूर्य र चन्द्रले थाह पाई भगवान् विष्णुलाई सूचना गरे । सो सूचनाको आधारमा विष्णु अति क्रोधित  भई सुदर्शन चक्र प्रहार गरे । सुदर्शन चक्रले दानवको शिर छेदन त भयो तर अमृतपान गरेकाले त्यो दानवको मृत्यु त भएन र त्यो दानवको मस्तक राहु र शरीर केतुमा परिणत भई बसे । भगवान्ले पछि राहु र केतुलाई पनि सौर्य परिवारमा सम्मिलित गराए ।’

सूर्य र चन्द्रले ती दुई राहु र केतु सौर्य परिवारमा बसेर अमृतपान गरेको सूचना भगवान् विष्णुलाई दिएका कारणले राहु ग्रहले औंसीको दिनमा सूर्यलाई र पूर्णिमाको दिनमा चन्द्रमालाई सताउँछ । यसैलाई पुराणहरूमा ग्रहण भनी वर्णन गरिएको छ । नेपालको उत्तरतिरको छिमेकी राष्ट्रमा पनि ग्रहणको मान्यता यस प्रकारको छ,  आकाशको दुवै शिरमा ड्रागन दैव्य परिवारको बास छ । जब सूर्य र चन्द्रमाको परिभ्रमण गर्दै जाँदा ती दानवको सम्मुख पर्दा सूर्य र चन्द्रलाई ग्रसित पार्छन् वा निल्न खोज्छन् । तर मृत्युमण्डलका मानिसहरूको चर्को स्वर सुनेपछि ती दानवले चन्द्र सूर्यलाई मुखबाट उक्लेर भाग्ने गर्छन् । ग्रहणावधिमा मृत्युमण्डलका मानिसहरू विचित्रको आवाज निकालेर कराउने प्रचलन रहेको छ ।

युनानीहरूले पनि ग्रहणलाई दैत्यको आक्रमण भनी मान्छन् । अमेरिकन रेड इन्डिएन र अफ्रिकीहरू ग्रहणलाई चन्द्र सूर्य बिरामी परेको भन्ने किंम्बदन्तीमा विश्वास गर्छन् । यसको अतिरिक्त अन्य देशहरूमा ग्रहणलाई भेडा, कुकुर, बाघ र साँपको आक्रमण मानिन्छ ।
प्रशान्त महासागर नजिकका वासिन्दाहरूको कल्पना अरूको भन्दा बेग्लै छ । उनीहरूले सूर्यलाई प्रेमी र चन्द्रमालाई प्रेमिकाको रूपमा मान्छन् । यी दुवैको मधुर मिलनलाई नै ग्रहण मानिन्छ । उनीहरू त्यो दृश्यलाई हेर्न लजाउँछन् र अनि मुख छोप्छन् ।

फलित ज्योतिषले ग्रहण धर्तीको प्राणी तथा वनस्पतिहरूका लागि अनिष्ट कारक मान्छ । यही आधारमा विकृतिको आँकलन गरिन्छ ।

ग्रहण कालमा कुशको महत्व

कुश अति पवित्र र प्रसिद्ध घाँस हो । हिन्दुहरू कुशलाई भगवान् विष्णुको रूप मान्छन् । सत्य युगमा भगवान् विष्णुले जालन्धरकी स्त्री वृन्दाको प्रतिबता धर्म नष्ट गरेकाले वृन्दाले भगवान् नारायणलाई श्राप दिएकी थिइन् । ती श्राप हुन, घाँस, झार, कल्पवृक्ष र ढुंगा । घाँस भनेकै कुश हो । कुश यस्तो घाँस हो जस्को प्रयोग देवता, पितृ र प्रेतसम्मको पूजापाठ, संस्कार, दान, धर्म आदिमा प्रयोग गरिन्छ । ग्रहणमा घरमा रहेको अन्न पानीको ट्यांकीमा कुश राख्ने गरिन्छ । ग्रहणको बेला निस्कने विकिरणले कुश राखेको ठाउँमा कुनै असर पार्न सक्दैन भन्ने निर्णय सिन्धु र श्रीमद्भागवत गीताको छैटौँ अध्यायको ११ श्लोकमा स्पष्ट गरिएको छ । कुशको आसनमा बस्दा विकिरणको प्रभाव पर्दैन र मन र वुद्धि शुद्ध रहन्छ । -नेपाल आज

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top