काठमाण्डौ/ इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट) को आयोजनामा नेपालमै पहिलो पटक साउन ११ र १२ गते सिस्को ग्लोबल साइबर सेक्युरिटी सम्मेलन २०१८ हुने भएको छ ।
साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ सम्मेलनको पूर्वसन्ध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप सञ्चालन हुनेछ ।
प्रि–समिट वर्कसपलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहजीकरण गर्नेछन्, समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुनेछ । विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि सम्मेलनमा हुनेछ,’ एनपीसर्ट अध्यक्ष एवं सम्मेलनका संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो।
सम्मेलनमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्नेलगायतका विषयमा गम्भीर छलफल हुनेछ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन र की–नोट लेक्चर रहने छ । की–नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुङ्गा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेश ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव सम्मेलनमा सहभागिता रहने जानकारी संयोजक अधिकारीले दिनुभयो ।
प्रतिक्रिया