२०८१, १४ बैशाख शुक्रबार

मूल्यवृद्धि फिर्ता गर्न माग

    जेष्ठ २१ २०७५ ११:३०

rising rate of petrol
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ/देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थको पाँचौँपटक मूल्य वृद्धि गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असरले चौतर्फीरुपमा बढेको महँगी नागरिकका लागि थेगी नसक्नु भएको भन्दै मोर्चाले उपभोग्य वस्तुमा बढेको महँगी घटाउन तुरुन्त कदम चाल्न सरकारसँग माग गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top