२०८१, १४ बैशाख शुक्रबार

राहत शिक्षकबाट कसंकोष माग (भिडियोसहित)

    जेष्ठ ४ २०७५ २३:४४

Teacher Demand
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर,नुवाकोट/राहत दरबन्दीका शिक्षकले जिल्लाका सबै स्थानीयतहका प्रमुखहरुलाई सञ्चयकोष तथा नागरिक लगानी कोषको व्यवस्थालगायत माग राखी आज ज्ञापनपत्र बुझाएका छन् ।

जिल्लामा रहेका १२ स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै राहतमा कार्यरत शिक्षकलाई आगामी आर्थिक वर्षको बजेटदेखि स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्ने लगायत माग गरिएको छ ।

ज्ञापनपत्र बुझेपछि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले शिक्षणमा गम्भीरतापूर्वक लाग्न आग्रह गर्दै मागलाई सम्बोधन गरिने बताउनुभयो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले स्थानीय तहले राहत शिक्षकलाई उचित स्थान दिने बताउनुभयो ।

राहतका शिक्षकहरु विभेदमा पर्ने गरेकाले स्थानीय तहहरुबाट समान व्यवहार गराउनका लागि पनि ज्ञापनपत्र बुझाउन आएको तारकेश्वर–४ स्थित सरस्वती आधारभूत विद्यालयका राहत शिक्षक लोचन भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top