sujim bazar advert

राजदूतबाट विद्यालय भवन उद्घाटन

    बैशाख १४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

रसुवा/उत्तरी रसुवाको स्याफ्रुबेँसीमा नयाँ निर्माण भएको कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतद्वारा उद्घाटन भएको छ ।

रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको उक्त विद्यालय भवनको एक कार्यक्रमबीच नेपालका लागि शाही नर्वेजियन राजदूत लास्से वोर्न योहानेशन र जर्मनी राजदूत सेफर रोलाण्डले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

शाही नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा नेपाल सरकारको भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने मापदण्डको अधीनमा रही जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयअन्तर्गतको यहाँ कार्यरत जिआइजेड नामक गैससले विद्यालय भवनको निर्माण सम्पन्न गरेको र भवनको संरचना पक्की भएको जिआइजेडका रसुवा समन्वयकर्ता चन्द्र आलेले बताउनुभयो ।

अपाङ्गता भएका छात्रछात्रासमेतलाई पठनपाठनमा सहज वातावरण मिलाई कक्षा सञ्चालन गर्न १२ र भण्डारका लागि तीनवटा कोठा निर्माण गरिएको छ । भवन निर्माणस्थलले ७६२ वर्गमिटर ओगटेको बताइएको छ । हाल ४६२ छात्रछात्रा अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पले स्याफ्रुबेँसीका विद्यालयमा ठूलो क्षति पु¥याएपछि सम्भावित भू–धरातलको जोखिमलाई समेत मध्यनजर राख्दै स्याफ्रुबेँसीमा रहेको स्यामेवाङ्फेल मावि र कोमेन प्राविलाई एकै ठाउँमा समायोजन गराई सुरक्षित ठाउँको कोमेनमा विद्यालय रहेको र दाताहरुको सहयोग शिक्षा क्षेत्रमा लाभदायी रहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।  (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top