sujim bazar dashain tihar bumper offer

कामपाले शुरु ग-यो निजी विद्यालयको अनुगमन

    बैशाख ६, २०७५

sizen education study in Japan
ananda Jewellery shop

Government Community School
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौँ /  काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको अनुगमन शुरु गरेको छ ।

नयाँ शैक्षिकशस्त्र शुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वैशाख महिना भर्ना लिने महिना हो यो समयमा कामपाले नियमित रुपमा अनुगमन गर्ने छ ।”

शुल्क भौतिक संरचना बमोजिम केन्द्रित हुने भएकाले अनुगमनका क्रममा अनुचित भए सम्झाइ बुझाइ गर्ने र नमाने थप कारवाही गर्ने पनि अर्यालले भन्नुभयो । कामपाले गत असोजदेखि विद्यालय गाभ्ने र नयाँका लागि अनुमति दिने विषयमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिले अनुगमन गरिरहे पनि वैशाख महिना भर्ना लिने महिना भएकाले विशेष रुपमा अनुगमन गरिरहेको हो ।

हाल कामपामा १०० सामुदायिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जस्मा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ । चालू आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि कामपामा आवेदन परेको छ भने चालू रहेका विद्यालयमा कक्षा थपका लागि १०० निवेदन परेको छ ।

विसं २०११ देखि नक्शाङ्कनका आधारमा विद्यालय खोल्न दिनुपर्छ भन्ने अवधारणाका साथ विद्यालय सञ्चालन हुँदै आए तापनि विसं २०२८ मा आएको शिक्षा ऐनको आधारमा थप विद्यालयका लागि अनुमति दिइदै आएको छ ।  (रासस)

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top