२०८१, ११ बैशाख मंगलवार

उत्तरगया क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने छौं: भरतकुमार खड्का, सामाजिक अभियन्ता

    पुष ३ २०७४ १२:००

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

तुप्चेका भरतकुमार खड्का निर्माण व्यवसाय क्षेत्रमा सक्रिय छन् । सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । २०१८ सालमा तुप्चेमा सामान्य किसान परिवारमा जन्मिएमा खड्काले २०४३ सालमा २४ वर्षकै उमेरमा प्रधानपञ्च भएर काम गर्न सफल भए । तर, तीन वर्ष जनताका काम गर्दा लागेको तीन लाख रुपैया ऋणको कारण निर्माण व्यवसायमा प्रवेश गरेका खड्का नुवाकोट निर्माण व्यवसायी संघका संस्थापक अध्यक्ष र दुईकार्यकाल अध्यक्ष समेत भइसकेका छन् । रेडियो अभियानमार्फत सञ्चारक्षेत्रसँग समेत जोडिएका खड्का अहिले उत्तरगया क्षेत्रको वृहत्तर विकास अभियानमा सक्रिय छन् । उत्तरगया क्षेत्रमा तुप्चे, लहरेपौवा र गेर्खु पटिको क्षेत्रलाई जोड्ने चक्रपथ निर्माण गर्ने, गोसाईकुण्ड लगायत पाँचवटा कुण्ड, ज्येष्ठ नागरिक केन्द्र निर्माण लगायत रहेको छ । ५५ करोड रुपैया भन्दा धेरैको लागतमा निर्माण गर्ने योजना बोकेर योजना साकार बनाउने धुनमा लागिरहेका खड्कासँग त्रिशूली खबरका नवदीप अजनबीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

उत्तरगया क्षेत्रको विकासको लागि लागि अहिले आएर सक्रिय हुन किन मन लाग्यो ?

म सामान्य कृषकको छोरो हुँ । म हलो जोतेर, कुटो कोदालो गरेर हुर्किएको हुँ । पहिले मलाई जुत्ता लगाउन समेत गाह्रो हुने अबस्थाबाट आएको हुँ । पहिले मैले जनप्रतिनिधी भएर तीन वर्ष काम गर्दा तीन लाख रुपैया ऋण लाग्यो । यो ऋणको कारण भौतारिनेक्रममा मैले निर्माण व्यवसाय क्षेत्रमा काम गर्न थाले । यो कामको क्रममा मैले देशका विभिन्न भूभागमा पुगेँ । अब अरुको काम मात्र कति गर्ने भनि आफैंले मुस्ताङको टुकुचेमा एउटा हाइड्रोपावर निर्माण गरे । अरु कसैले कल्पना नगरेको दुर्गम ठाउँमा पुगेर १३.६ मेगावाटको हाइड्रो सञ्चालनमा आइसकेको छ । त्यो हाइड्रो सम्पन्न हुनेक्रममा मलाई लाग्यो, एकदिन मरेर जानु नै छ । कमाईको केही प्रतिशत समाजलाई दिनुपर्छ भन्ने लागे आफ्नो ठाउँमा पनि केही गरौं भन्ने भावना जाग्यो । त्यसैले मैले उत्तरगयाको विकासको लागि परिकल्पना योजना बनाएर अगाडी बढेको हुँ । मैले काम गर्ने सिलसिलामा जहाँ पुगेँ त्यहाँ सामाजिक काम गरेर आएको छु । हुम्ला, खोटाङ, डोल्पा लगायत क्षेत्रमा केही न केही सामाजिक काम गरेको छु । कतै खानेपानी, कतै पार्टी पौवामा निर्माण गरेको छ ।

म यहीको स्थानीय भएको कारण उत्तरगयामा केही गरौं भन्ने परिकल्पना गरि तीन वर्षदेखि लागिरहेको छु । यहाँ कसैको आँखा पनि नपरेको, धार्मिक क्षेत्र भए पनि यहाँको भौतिक पूर्वाधार नहुदा ओझेलमा परेकोले यसको वृहत्तर विकासमा लागेको हुँ ।

उत्तरगयाको निर्माणको परिकल्पनालाई साकार पार्न कति रकम खर्च हुने देखिएको छ ?

हामीले एक करोड बराबरको जग्गा लिइसकेका छौं । योको विस्तृत परियोजना निर्माण गर्न १६ लाख खर्च भएको छ । यो सबै मेरो व्यक्तिगत रुपमा खर्च गरिरहेको छ । रसुवापटिको जग्गा लिन पहल गरिरहेको छु, विदुर नपा १० पटि पनि आवश्यक जग्गा लिन पहल गरिरहेको छु । यो गर्नको लागि म व्यक्तिगत हिसावमै पर्याप्त छु जस्तो लाग्छ । कसैसँग चन्दा सहयोग लिने पक्षमा म छैन । यसको निर्माणको लागि ५५ करोड ८० लाख ७५ हजार ५ सय ५३ रुपैया खर्च लाग्ने योजना बनेको छ ।

यो खर्च जुटाउनको लागि भोलिका दिनमा काम शुरु गरेपछि धेरै भाइसाथीहरु आउनेछन् । उनीहरुले पनि एक÷एक वटा जिम्मा लिनेछन् । धर्मको नाममा व्यापार पनि हुने भएकोले पहिले नै सहयोग लिदैनौं । धेरै साथीहरुले सहयोग गर्छाै वातावरण बना भनिरहेका छन् । हामीले काम थालेपछि मात्र सहयोगीहरुको सहयोग लिने छौं । पहिला शुरु त गर्न प-यो नि । हाम्रा बाजेले पनि यो काम थालनी गर्नु भएन । हाम्रा बाउले पनि थालनी गर्नु भएन । अब हामी पनि हाम्रा नातीलाई जिम्मा लगाएर जाने ? यो भएन नी । कसै न कसैले शुरुवात गरेपछि पुरा त हुन्छ ।

यो परियोजनालाई साकार बनाउनको लागि संस्थागत रुपमा कसरी परिचालन गरी अघि बढ्ने योजना छ ?

मैले उत्तरगया गाउँपालिकाका साथीहरु, विदुर १० र ७ का साथीहरु र किस्पाङ गाउँपालिकाका साथीहरुसँग राखेर एउटा योजना बनाएर, संस्था खडा गरेर जे जति अहिलेसम्म काम भएको हो त्यसलाई हस्तान्तरण गरिन्छ । अबको केही दिनमा नै यो काम पुरा हुने छ ।

उत्तरगया क्षेत्रमा धेरै समितिहरु रहेका छन् । यसरी धेरै समिति भएको ठाउँमा तपाईको समिति वा संस्थाले पनि काम नगर्ने हो भन्ने पर्ला नि ?

अब त्यो समयले बोल्छ । अहिले त्यहाँ कुन कुन समिति छ भने सबैको जानकारी छैन । साथीहरुले के के गरिरहनु भएको छ । त्यसबारे भन्दा हामीले काम गर्ने छौं । तपाईले जुन जिज्ञासा राख्नु भयो । यसको जवाफको लागि अबको एक÷डेढ महिनापछि जानुस् । तस्वीर आफैं बोल्छ ।

अब यो योजना सम्पन्न भएपछि चाहि उत्तरगया क्षेत्रमा धार्मिक पर्यटकहरुको घुँइचो लाग्ने छ ? नुवाकोट केन्द्र नै बन्ने छ त ?

जरुर हुन्छ । जब मान्छेलाई ठाउँ भएपछि । त्यसलाई मनमोहक बनाए पनि मानिसहरु जरुर आउने छन् । यसको धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्यले काम गर्न लागेकाले यसले पूर्णता पाएपछि नुवाकोटमा धार्मिक पर्यटनको विकास हुनेमा हामी विस्वस्त छौं । गाउँ मनमोहक भएपछि मानिस आउछन् नै । पवित्र स्थललाई आकर्षक बनाएपछि भक्तजनको मोह त बढ्ने नै छ ।

यो निर्माणको लागि स्थानीयको सहयोग कस्तो पाउनु भएको छ ?

स्थानीयको साथ र सहयोगमा नै निर्माण हुने हो । सबैबाट साथ पाएको छु । हामीले अब तत्काल काम शुरु गर्नेछौं । त्यहाँ काम भइरहेको देखेपछि साथीहरुले उत्तरगयाको आधारशिला खडा हुने भयो भनेर साथीहरुबाट साथ पाउने छु । उनीहरुले साथ दिन्छु भनेका छन् । मलाई यही खुशी लागिरहेको छ । यसको धार्मिक पर्यटकीय स्थलको रुपमा प्रचार गर्न सकेमा भारतीय पर्यटकहरु आउनेछन् । मेरो चिनजानका भारतीय साथीहरु र गुरुहरुले पनि यसको निर्माण पछि साथ दिनेछन् । त्यो चिनजानको कारण पनि भोलिका दिनमा उत्तरगयामा धार्मिक पर्यटकीय स्थलको रुपमा झनै प्रचार गर्न सकिन्छ भन्ने लागेको छ ।

अहिले व्यक्तिगत लगानीका काम गरिरहनु भएको छ ? सबै व्यक्तिगत लगानीमा निर्माण नहोला, रकम कसरी जुटाउनु हुन्छ ?

अहिले नितान्त व्यक्तिगत रुपमा शुरु गरेको हो । अहिले आएर कसैले पैसा दिन्छ भने पनि हामी लिदैनौं । काम शुरु भएपछि आउनेहरुको मात्र सहयोग दिन्छौं । कसैले घर बनाइदिन्छु, कसैले घर बनाइदिन्छु, कसैले पुलको लागि सहयोग गर्छौ भने पनि हामी नाईनास्ती गर्दैनौँ । लगानी उनीहरुले गर्छन, निर्माण हाम्रो डिजाइन अनुसार गर्नु पर्छ । यो रकम नजुट्ने कुरै छैन । जुट्छ । कुनै पनि ठाउँमा काम गर्ने मानिसलाई रोकिएको छैन । कुनै स्वार्थ राखेर नगरिएको काममा सहयोग आउँछ । यो पवित्र काम हो । निस्वार्थ भावनाले काम गर्दा धेरै सहयोग आउँछ ।

उत्तरगयाको नयाँ निर्माणमा अत्याधुनिक पक्षलाई बढी ध्यान दिएर परम्परगत संरचनाहरु बिगारिने त होइन ?

त्यहाँको संरचना अनुसार त्यसैमा ढालेर निर्माण गरेका छौं । त्यहाँ भएका संरचनाबाट नै निर्माण गर्दा आकर्षण बढ्छ भनेर डिजाइन गरेका छौं । कतिपय कुराहरु नयाँ किसिमको पनि छ । कतिपय पुराना शैलीको रहेको छ । यो विज्ञबाट नै डिजाइन भएको हो । हामीले तुप्चे, गेर्खुपटि र रसुवापटीलाई चक्रपथको शैलीमा निर्माण गरिने छ । मलाई दुःख लागेको एउटा कुरा चांहि बेत्रावतीलाई गेर्खुपटिकाले ‘हाम्रोमात्र भन्ने’, तुप्चेकाले ‘हाम्रोमात्र हो’ भन्ने र रसुवाका साथीहरुले पनि ‘हाम्रो मात्र हो’ भन्ने छ । तर, उत्तरगया हामी सबैको हो । साझा हो । सबैले हाम्रो हो भन्ने बनाउन यो काम गर्न लागेका हौं ।

यति ठूलो योजना निर्माण गर्ने भनि लागिरहनु भएको छ । उत्तरगया क्षेत्रका बासिन्दालाई के भन्नुहुन्छ ?

मैले काम गरेर देखाउनु छ । शुरु गर्नु छ । अहिलेसम्म त शुरु नै भएको छैन । यो क्षेत्रको विकासको लागि सबैको चाहना छ । यसको निर्माण र विकासमा स्थानीयको साथ रहन्छ भन्ने लाग्छ । सबैको प्रश्नको जवाफ चाहि काम नै हो । पहिले काम हुन थालेपछि सबैले थाह पाउने छन् । साथ दिनेछन् भन्ने मलाई विस्वास छ । कामले नै बोल्छ भन्ने मेरो विस्वास हो । -त्रिशूली खबर

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top