१७ माघ, नुवाकोट । प्याब्सन नुवाकोटको आयोजनामा भएको जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता नुवाकोट ग्लाेरी सेकेण्डरी बाेर्डिङ स्कुल प्रथम भएको छ ।
घरेलु खेलमैदानमा भएको प्रतियोगिताको फाइनलमा नुवाकोट ग्लाेरीले सेइ बाेर्डिङलाई हराउँदै विजयी भएका हुन् ।
प्रतियोगितामा सेइ बाेर्डिङ स्कुल द्वितीय र त्रिशूली सामुदायिक बाेर्डिङ स्कुल तृतीय भएका छन् ।
उत्कृष्ट खेलाडीतर्फ सेइ बाेर्डिङका रामशरण राई, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर र उत्कृष्ट सेटर तर्फ नुवाकोट ग्लाेरीका सन्दिप कंडेल, अजय रिजाल र अर्पण ढकाल भए ।
विजेताहरुलाई सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, प्याब्सन नुवाकोटका वरिष्ठ सल्लाहकार विजय श्रेष्ठ र प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषाेत्तम अधिकारीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
उक्त प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट खेलाडीहरु छनाैट गरी यहि फागुन ६ देखि ललितपुरमा सञ्चालन हुने बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता सहभागी हुने प्याब्सन अध्यक्ष अधिकारीले जानकारी दिए ।




















प्रतिक्रिया