९ जेठ, नुवाकोट । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन(प्याब्सन) नेपाल नुवाकोटका विद्यालयहरुको नतिजा एसइई २०८२ मा सुधार आएको छ ।
विदुर नगर प्याब्सनका अध्यक्ष राजाराम कुमालका अनुसार नुवाकोट जिल्लाका निजी विद्यालयहरूको नतिजामा उल्लेखनीय सुधार आएको हो ।
संस्थामा आबद्ध भएका जिल्लाका २० वटा माध्यमिक विद्यालयहरूबाट यसपटक कुल ३६८ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए। तीमध्ये ९१.८५ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएका छन्। यो सफलता गत वर्षको तुलनामा निकै उत्साहजनक रहेको उनले जानकारी दिए ।
गत वर्ष प्याब्सन अन्तर्गतका विद्यालयहरूको उत्तीर्ण दर मात्र ८३ प्रतिशत सीमित रहेको थियो।
संस्थागतका १२ वटा निजी विद्यालयहरूले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका छन् ।
यसैगरी, संस्थागत दुई जना विद्यार्थीले उत्कृष्ट अंकसहित ४ जीपीए हासिल गरेका छन्। विदुर नपा-९ कोलोनीस्थित सूर्यज्योती एकेडेमीका छात्र विनोद साह कानु रहेका छन् । विनोदको ४ जीपिएसँगै सूर्यज्योतीले पहिलोपटक ४ जीपीए ल्याउने विद्यालयको नाम दर्ता गराएका छन् ।
यस्तै, विदुर नपा-४ बट्टारमा रहेको सुभेनियर बोर्डिङ स्कुलका छात्र स्टेफन धमला रहेका छन्। सुभेनियरकी छात्रा सिम्रिका रिजालले एसइई २०८० मा ४ जीपीए ल्याएर नेपालकै उत्कृष्ट भएकी थिईन् ।

प्रतिक्रिया