+
Search

ताजा अपडेट +

पपुलर +

गुडविल एकेडेमीद्वारा प्याब्सन अध्यक्ष अधिकारी सम्मानित

PABSON President Adhikari honored by Goodwill Academy
डबली खबर
२ हप्ता अगाडी

६ वैशाख, नुवाकोट । विदुर नगरपालिका पिपलटारस्थित गुडविल एकेडेमीले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ।

जिल्लाको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान र निजी विद्यालयहरूको संस्थागत हितका लागि निर्वाह गरेको नेतृत्वदायी भूमिकाको कदर गर्दै उनलाई सम्मान गरिएको एकेडेमीका प्रधानाध्यापक रामराजा कुमालले जानकारी दिए ।

विदुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, एकेडेमीका प्रमुख निर्देशक रामबाबु कुमाल र अध्यक्ष शिवप्रसाद गजुरेलके संयुक्त रुपमा अधिकारीलाई दोसल्ला ओढाई र सम्मान-पत्रले सम्मान गरेका हुन् ।

अधिकारीले प्याब्सन नुवाकोटको अध्यक्ष पदमा रहेर जिल्लाभर सञ्चालित निजी विद्यालयहरूको हकहित, संरक्षण र शैक्षिक गुणस्तर सुधारमा सरल, सहज र सिर्जनशील नेतृत्व प्रदान गर्दै आएको छ।

उनको रचनात्मक अभिभावकत्व र संस्थागत विकासप्रतिको अडिग स्वभावले समग्र शैक्षिक क्षेत्रलाई नै सकारात्मक ऊर्जा प्रदान गरेको उल्लेख छ।

एकेडेमीलेले प्याब्सनको सदस्यका रूपमा पाउँदा गौरव महसुस भएको समेत जनाएको छ।

एकेडेमीका प्रधानाध्यापक प्याब्सन विदुर नगरपालिकाका अध्यक्ष समेत हुन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ