२०८१, १४ बैशाख शुक्रबार

प्राविधिक विद्यालयमा प्रविधिबाट अध्यापन

    पुष २ २०७४ २०:२१

Logo of Dabali Khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा/गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुबेसीमा रहेको श्यामेवाङ्फेल मावि स्याफ्रुबेसीमा डिजिटल प्रविधिबाट पढाइ सञ्चालन गर्ने तयारी भइरहेको छ ।

शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि आवश्यक पर्ने शिक्षणसम्बन्धी मोबाइल एप्सको विकास भएको र आवश्यकताअनुसार निर्माण गर्दै जान सकिने भएकाले यसले सहयोग पुग्ने तथा अभिभावकको चाहना समयको माग र आवश्यकताअनुसार डिजिटल प्रविधिबाट पढाइ गर्न लागिएको हो ।

शिक्षकले परम्परागत शैलीमा गाइड, गेसपेपर तथा पुस्तक पढेर सुनाउँदाभन्दा पनि केही खोजेर प्रविधिमैत्री अध्यापन गराउँदा विद्यार्थीले चाँडै सिक्ने विद्यालयले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रले विभिन्न मोबाइल एप्स निर्माण गरेको छ । र, आवश्यकताअनुसार विद्यालयले पनि एप्स निर्माण गर्न सक्छ– विद्यालयका प्राध्यापक माधव लामिछानेले बताए । विद्यालयमा विगतका प्रशासक, शिक्षक, अभिभावकका कारण यो विद्यालय जिल्लामै प्राविधिक शिक्षा पढाइ हुने पहिलो बन्दै आएको थियो ।

विद्यालयलाई आवश्यक सम्पूर्ण एप्स बनिसकेको छैन । अहिले निर्माण भएकोलाई प्रयोग गर्दै जाने हो, आवश्यकताअनुसार थप गर्न सकिन्छ– उनले बताए । डिजिटल प्रविधिबाट अध्यापन गराउन नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट सेवा जडान गर्न लागेकोसमेत उनले जानकारी दिए ।

प्रत्येक कक्षामा स्मार्ट टीभी जोड्ने र शिक्षकले ट्याबलेटबाट अध्यापन गराउने विद्यालयले जनाएको छ ।

अहिलेको युग प्रविधिको युग भएकाले पनि समयानुकूल विद्यालय सञ्चालन गर्न डिजिटल प्रविधिबाट पढाइ गर्न लागेका हौँ– लामिछानेले भने– यसका लागि ट्याबलेट किन्न प्रक्रिया सुरु गरेका छौँ । विद्यालयले करिब चार लाखको लगानीमा २० वटा ट्याबलेट किन्ने तयारी गरेको छ । स्मार्ट टीभी खरिदका लागि सहयोगीको खोजी गरिरहेको पनि विद्यालयले जनाएको छ । प्रत्येक कक्षामा स्मार्ट टीभी जडान गरी विद्यार्थीलाई ट्याबलेटको प्रयोग गरी शिक्षण गराउने योजना रहेको उनले बताए ।

विद्यालयले २०६३ जेठ २२ गतेदेखि कक्षा ४ देखि १० सम्म एक पिरियड इन्टरनेटसहित कम्प्युटर शिक्षण सुरु गरेको थियो । ०२४ मा स्थापना भएको उक्त विद्यालयले प्राथमिक तहबाट ०३६ मा कक्षा सात, ०४९ मा कक्षा आठ, ०५३ मा कक्षा नौ, ०५४ मा कक्षा १० र २०६६ सालमा कक्षा ११ तथा ०६९ मा प्राविधिक विषयको कक्षा सुरु गरेको थियो । हाल उक्त विद्यालयमा ४६५ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top