२०८१, १४ बैशाख शुक्रबार

शहरी खानेपानी आयोजनामा अनियमितता

    आश्विन ३ २०७४ १५:५९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजना मार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको पाइएको छ ।

प्रयोग गर्नु पर्ने भन्दा कम गुणसतर र कम क्षमताको पाइप राखेको उपभोक्ताले पत्ता लगाएपछि अहिले केठेदार कम्पनीले उक्त पाइप रातारात फेरेको छ । तल्लो पीपलटारका बासिन्दाको घरघरमा विस्तार गर्न बिछ्याइरहेको पाइप १० किलो प्रेसरको जडान हुनुपर्नेमा छ किलो प्रेसरको मात्र जडान गरेको उपभोक्ताले बताएका छन् ।

ठकेदेरालाई यो विषयमा जानकारी गराउदा पनि जवर्जस्ती पाइप पुरको थियो । तीन दीन अघि प्राविधिक सहित उपभोक्ताहरूले पाइपको गुणस्तर र सम्झौतामा भएको शर्त जाँच गर्दा बसमासी गरेको पाइएको हो ।

स्थानीय मानबहादुर डंगोलका अनुसार काममा बदमासी भएको प्रमाणित भएपनि ठकेकेदार कम्पनीले पाइप रातारात बदलेर फेरि पुरेको छ । यो घटनासंगै विदुर नगरपालिका भित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजना अनियमितता भईरहेको कुरा बाहिर आएको छ ।

करिब ८१ करोड रुपैयाँको लगानीमा निर्माणाधीन उक्त आयोजनामा अनियमितताको विवाद भएपछि केही दिन काम प्रभावित भएको थियो । आयोजना अन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले छानबिनको माग गर्दै उपभोक्ताले काम रोकेका थिए ।

ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले गरिरहेको पाइप विस्तार अन्तर्गत विदुर नगरपालिका–५ पीपलटार सहित आसपासको स्थानमा तोकिएको भन्दा कम मोटाइको पाइप प्रयोग गरेको र पाइप पुर्न कम गहिराइएको खाल्डो बनाएको भन्दै उपभोक्ताले विरोध जनाएका हुन् ।

तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना मार्फत ठेकेदार कम्पनी टुण्डीले गरिरहेको निर्माण कार्य पारदर्शिता नभएको र सञ्चालन कार्यक्रम बारे उपभोक्तालाई नै जानकारी नभएको एक जना स्थानीय उपभोक्ताले बताएका छन् । विदुर नगरपालिकाका विभिन्न वडाका करिब ५८ सय घरधुरीमा खानेपानी सेवा पु¥याउने लक्ष्य सहित भइरहेको काम उपभोक्ताको सहमति अनुसार सञ्चालन गर्ने तथा त्यसको जानकारी उपभोक्तालाई दिइने आयोजनाले जनाएको छ ।

निर्माण भइरहेको आयोजनाको सुपरिवेक्षणको जिम्मेवारी पाएको टेक–आइकन ज्वाइनभेञ्चरका परामर्शदाता शरणहरि ज्ञवालीले तोकिएको मापदण्ड र पूर्व सहमति अनुसार काम नभएको प्रमाण सहितको गुनासो आएकाले बताउनुभएको छ । उहाँले आफुले हेर्दा पनि कम क्षमताको पाइप हालेको पाइएकोले छानबिन गर्नुपर्नेमा जोडदिनुभयो ।

यसरी एक ठाउामा अनियमितिा भेटिएपछि उक्त कम्पनीले अन्य स्थापनमा पुरेको पाईपको क्षमता माथी पनि उपभोक्ताहरूले शंका गरेका छन् । तल्लो पिपल्टारमा पानकिो पाइपको विषयमा राम्रो जानकारी रहेको एक उपभोक्ताको घर अगाडी पर्दै गरेको पाइप उनले हेरेपछि यो रहस्य बाहिर आएको हो । ति उपभोक्ताले कम क्षमताको पाइप नहाल्न आग्रह गर्दा पनि नमाने पछि स्थानीयहरूले दुई दिनसम्म काम रोक्न लगाएर प्राविधिक झिकाउनु परेको थियो ।

एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोषको लगानी रहेको सो आयोजना अबको एक वर्षभित्र पूरा गर्ने गरी निर्माण भइरहेको छ । आयोजनाको मुहानदेखि मूल ट्याङ्कीसम्मको पाइपलाइन विस्तार, मुख्य र सहायक ट्याङ्की निर्माण, ट्याङ्कीदेखि उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारको काम जारी छ ।

ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले यो आयोजना र सडक विस्तारको आयोजनाको नाममा त्रिशुली र तादी खोलाबाट ढुङ्गा बालुवा अवैध रुपमा निकासी गर्दै आएको समेत स्थानीयहरूले बताएका छन् । सडक र खानेपानी आयोजनाको नाममा खोलामा थुपारेको सामाग्री विक्रिमा पठाएको र त्यो काम भन्दा बाहिर प्रयोग गरेको स्थानीयहरूले देखेका छन् । -इमेज साप्ताहिक

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top