२०८१, १४ बैशाख शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा अनलाईनमै हेर्नुहोस्

    भाद्र १५ २०७४ २०:१२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भक्तपुर, १५ भदौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल एक लाख ९३ हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको र ७७ जना निष्काशनमा परेको जानकारी दिनुभयो । त्यसैगरी आंशिकतर्फ एक लाख सात हजार ५६९ परीक्षार्थी सहभागी भएकामा ३८ हजार ४४४ अर्थात् ३५ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नतिजा हेर्न मोबाइलबाट पनि सकिन्छ त्यसको लागि मोबाइलको मेसेज बक्स मा गइ NEB<space>Symbol No. Send  35001 मा पठाउनुहोस |

परीक्षामा ३८ परीक्षार्थी निष्काशनमा परेको उहाँले जानकारी दिनुभयो । यसअघि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते सार्वजनिक भएको थियो । रासस

नतिजा हेर्नको लागि

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top