२०८१, ६ बैशाख बिहीबार

पहिरोपीडित बालबालिकालाई पठनपाठनको व्यवस्था

    भाद्र ८ २०७४ २२:३७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा /बस्तीमा पहिरो गएपछि विस्थापित भएका उत्तरगया गाउँपालिका पहिरेबेसी क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गराइएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्दराज लम्सालका अनुसार गाउँपालिका क्षेत्रको पहिरेबेसीमा साउन २२ गते पहिरोका कारण विस्थापित भएका एक सय २१ घर परिवारलाई माथिल्लो त्रिशूली थी ए को कोलोनीभित्र बसोवास गराई अस्थायी रूपको भए पनि सोही कोलोनीभित्र सबै बालबालिकालाई पठनपाठनको व्यवस्था गरिएको छ ।

बालबालिकाको पठनपाठन र पीडितका लागि सामाजिक सङ्घसंस्थाले खाद्यान्न लगायत लत्ताकपडा, भाँडाकँुडा समेत सहयोग गरिरहेका छन् । बाढीपहिरोका कारण उत्तरगया गाउँपालिकाभित्रका सडक, खानेपानी सिँचाइ कुलो, कल्भर्ट, झोलुङ्गे पुलसमेतका संरचनामा क्षति प ु गेको छ । गाउँपालिकामा पहिरोले १० करोडभन्दा बढीको नोक्सान भएको र बेक्रेगौडा सिँचाइ कुलो पूरै क्षति हुँदा सयौँ  हेक्टर जमिनलाई सिँचाइको समस्या परेको गाउँपालिकाका अध्यक्ष लम्सालले बताए । अध्यक्ष लम्सालका अनुसार पहिरेबेसी गाउँ पूरै विस्थापित भएको छ ।

विपत्को घडीमा नियमित खाद्यान्न आपूर्तिमा सहयोगी हात पहिरेबेसी केन्दित हुने अपेक्षा गरेका छन् । तत्कालीन जिल्ला पञ्चायतका उपसभापति धर्मबहादुर थापासहित चारजनाको दुखद् निधन भएको थियो । पहिरेबेसीका विस्थापित परिवारको व्यवस्थापनमा सरोकारवाला सबै निकायसँग समन्वय भूमिका निर्वाह गरिरहेको जिल्ला समन्वय समिति रसवाका प्रमुख कुलप्रसाद भट्टले बताएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top