World Tuberculosis Day 2025
sujim advert

नुवाकोटका १४ विद्यालय पुर्ननिर्माण हुने

    साउन ९, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

भूकम्प प्रभावित जिल्लामा आगामी मङ्सिरसम्ममा ६ सय ५२ वटा विद्यालयको पुनःनिर्माण हुने भएको छ ।

जसमा नुवाकोट जिल्लाको १४ बिद्यालय रहेको जिल्ला शिक्षा कार्यालय नुवाकोटका सुचना अधिकारी सुकदेब नेपालले बताए । आगामी मंसिरसम्म भुकम्पबाट क्षति भएका नुवाकोटका १४ विद्यालयहरु पुनः निर्माण हुने भएका छन् । शिक्षा विभागबाट पुनः निर्माण हुने बिद्यालयहरु तोकिने भएकाले कुन, कुन बिद्यालय पुनःनिर्माण हुने भन्ने एकिन नभएको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ । भुकम्पले नुवाकोटका सबै बिद्यालयहरुमा क्षति पुर्याएको थियो । केही विद्यालयहरु अहिले सामान्य मर्मत गरे पश्चात सञ्चालनमा रहेका छन् भने धेरै बिद्यालयहरु बिभिन्न दातृ संघसंस्थाले निर्माण गरीदिएका अस्थाई सिकाई केन्द्र तथा विभिन्न संरचनाबाट विद्यालय सञ्चालन भैरहेका छन् । भुकम्पले क्षती भएका सबै बिद्यालयहरुको विस्तृत विरण जिल्ला शिक्षा कार्यालय मार्फत शिक्षा बिभागमा पठाईएको र आगामि मंसिर सम्म पुनः निर्माण हुने बिद्यालयहरु शिक्षा बिभागबाट नै छनौट भएर आउने जनाईएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार शिक्षा विभागबाट ती विद्यालय निर्माणका लागि विभिन्न राष्ट्रिय तथा अन्तराराष्ट्रिय संस्थासँग समझदारी भएको जनाएको छ । गत वर्ष २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट आठ हजार ३ सय ८ विद्यालय क्षति भएका थिए । उक्त भूकम्पबाट मुलुकका ३१ जिल्ला प्रभावित भएका छन् ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top