sujim bazar advert

हाते मेसिनबाट इट्टा बनाएर नयाँ विद्यालय भवन

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

स्थानीय स्रोतको परिचालन गरी गाउँमै इट्टाको उत्पादन गरी विद्यालय बनेको हो । गाउँमै इट्टा उत्पादन गरेपछि विद्यालय भवन बनाउन कम खर्च लागेको छ ।

गेर्खु, भुकम्पबाट क्षति पुगेको नुवाकोटको एक विद्यालय स्थानीय स्तरमै इट्टा उत्पादन गरी नयाँ विद्यालय भवन निर्माण गरिएको छ । गेर्खु गाविस वडा नं. ४ गैरीखर्कमा रहेको धनदेवी प्रावि गत वर्षको विनासकारी भुकम्पले ध्वस्त भएपछि स्थानीयवासीले काँचो इट्टा, काठ, ढुङ्का लगायत स्थानीय सामग्री प्रयोगवाट निर्माण गरिएको स्थानीय युवा रामशरण थापाले वताए । ‘स्थानीय स्रोतको परिचालन गरी गाउँमै इट्टाको उत्पादन गरी विद्यालय बनेको हो’, थापाले भने– ‘गाउँमै इट्टा उत्पादन गरेपछि विद्यालय भवन बनाउन कम खर्च लागेको छ ।’

विद्यालय भवन निर्माणको लागि एक हाते मेसिनवाट गाउँमै इट्टा उत्पादन गरी भवन निर्माण गरिएको हो । सिमेण्ट र फलामे छडको प्रयोग गरिएको घरमात्र बलियो हुन्छ भन्ने जनमानसमा रहेको धारणा यसबाट परिवर्तन भएको स्थानीय वृद्धहरु बताउंछन् ।

२०४५ सालमा स्थापना भई कक्षा ३ सम्म पठनपाठन हुँदै आएको सो विद्यालय भवन भत्केपछि स्थानीय शिक्षाप्रेमी युवाद्वय डा. उद्धब प्याकुरेल र डा. इन्द्र अधिकारीले गाँउकै माटो, र श्रम प्रयोग गरेर इट्टा बनाउने एक हाते कम्पे्रसर मेसिन ल्याई त्यसवाट बनेको ईटावाट २ कोठे विद्यालय भवन निर्माणमा सहयोग गरिदिएको विद्यालयका पूर्व अध्यक्ष प्रेमवहादुर तामाङले वताए । गाँउको श्रोत र श्रमको महत्व बुझाउन आपसमा चन्दा संकलन गरी १ लाख २० हजारमा यो मेसिन गाँउसम्म पु¥याएर इट्टा निर्माण गरिएको विद्यालयले जनाएको छ । विद्याललयमा अहिले ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन निर्माणमा प्राविधक काममा नुवाकोटलाई लामो समयदेखी नियाली रहेका इन्जिनियर रामशरण सापकोटाले सहयोग गरिरेहको स्थानीय वृद्ध कृष्णप्रसाद प्याकुरेलले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top