२०८१, १३ बैशाख बिहीबार

करणी गरेको आरोपमा पक्राउ

    असार १८ २०७३ २२:४७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विद्यालयमा अध्ययनरत एक किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा नुवाकोट प्रहरीले विहीवार एक युवकलाई पक्राउ गरेको छ । तुप्चे गाविसकी दलित समुदायकी एक किशोरीलाई जवरजस्ती करणी गरेको कारण मजदुरी गर्दै आएका एक युवकलाई पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तुप्चे– ५ साहुगाउंकी १५ वर्षिया दलित किशोरीलाई मंगलवार राती जवरजस्ती करणी गरेको अभियोगमा स्थानीय विद्यालयमा मजदुरी गर्दै आएका सल्यान जिल्लाको चुलिजुलिङ–७ का २१ वर्षिय युवक ज्ञानु थापा क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले बताए । पीडित किशोरी गाउंको विद्यालयमा कक्षा आठमा अध्ययनरत रहेकी छिन् ।

प्रहरीले घटनाको दुई दिनपछि युवकलाई पक्राउ गरि हिरासतमा राखेको छ । घटनाको दुई दिनपछि विहीवार विदुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीयवासीले युवक ज्ञानुले वलात्कार गरेको दावी गर्दै हदैसम्मको कारवाही गरिनुपर्ने माग राखेका छन् । यद्यपि, किशोरीकी आमाले जवरजस्ती करणी उद्योग मात्र भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् ।

प्र्रहरीले युवकलाई हिरासतमा लिएर जवरजस्ती करणी महल नं. ५ अन्तरगत जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ । अनुसन्धान जारी रहेको प्रहरीको दावी छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top