विदुर – भुकम्पबाट प्रभावित नुवाकोटका विभिन्न गाविसका बालबालिकालाई एक संस्थाले शैक्षिक सामग्री प्रदान गरेको छ । परिवर्तनका निम्ति महिला नामक संस्थाले जिल्लाका ८ वटा गाविसका ८ वटा विद्यालयमा अध्ययनरत चार सय विद्यार्थीहलाई छात्रवृत्ति स्वरूप शैक्षिक सामग्री उपलब्ध गराउन लागेको हो ।
प्लानेट नेपालको सहयोगमा संस्थाले उपलब्ध गराएको शैक्षिक सामग्री प्रति विद्यार्थी तीन हजार रूपैयाँ बराबरको रहेको छ । सुन्दरादेवी, थप्रेक, समुन्द्रादेवी, रालुका, बालकुमारी, समुन्द्रटार, शिखरवेसी र उर्लेनी गाविसका एक एक विद्यालयका ५० जना विद्यार्थीलाई शैक्षिक सामगं्री प्रदान गर्न लागिएको संस्थाका कार्यक्रम संयोजक एसोदा खतिवडाले बताइन् । छात्रवृत्ति कार्यक्रम अन्र्तगत विद्यार्थीहरूको मागको आधारमा कपि, डड्पेन, क्याल्कुरेटर, डिस्नेरी, ग्रामरलगायतका शैक्षिक सामग्री रहेका छन् ।
संस्थाले संरक्षण शिक्षा र जिविकोपार्जन परियोजना अन्र्तगत ती गाविसहरूमा आयआर्जन, जिविकोपार्जन, समूह गठन, किशोरकिशोरी शिक्षालगायतका कार्यक्रम सञ्चालन गरिरहेको सामाजिक परिचालिका कविता विकले बताउनुभयो । सुन्दरादेवी गाविसको सातविसेस्थित सुन्दरा उच्च माविमा आयोजित कार्यक्रममा सुन्दरा उच्च मावि र थप्रेक गाविसको मंगलादेवी माविका ५०÷५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय नुवकोटका विद्यालय निरीक्षक फणिन्द्र घिमिरेले छात्रवृत्तिले विद्यार्थीलाई थप प्रोत्साहन र हौसला प्रदान गरेको बताउँदै दायित्वबोध गरेर अध्ययनमा क्रियाशील हुन विद्यार्थीहरूलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै स्रोत व्यक्ति उद्धवप्रसाद पौडेलले छात्रवृत्तिले विद्यार्थीलाई जिम्मेवार भएर अघि बढ्न प्रेरित गरेकाले छात्रवृत्ति पाउने विद्यार्थीले शैक्षिक र सिकाई उपलब्धी बढाउनुपर्ने बताए कार्यक्रममा विद्यालयका प्राचार्य अम्बरबहादुर श्रेष्ठले विद्यालयमा अध्ययनरत जेहेन्दार, मेहनती र भुकम्पपीडित विद्यार्थीको छनौट गरी छात्रवृत्ति रकम उपलब्ध गराइएको बताउनुभयो । कार्यक्रममा बोल्दै गैसस महासंघका निवर्तमान अध्यक्ष पदम उप्रेतीले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई सहयोग हुनुका साथै थोरै भएपनि राहतको महसूस भएको बताए ।
प्रतिक्रिया