sujim bazar advert

जानकीमा बन्यो नयाँ भवन

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

janaki secondary school
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोट जिल्लाकै दुर्गम भनेर चिनिने घ्याडफेदी गाविस वडा नं. ८ स्थित जानकी प्रा.वि.को नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवनको गत सोमबार एक कार्यक्रमवीच जिल्लाशिक्षा अधिकारी चन्द्रबहादुर खड्काले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनबहादुर तामाड र प्रधानाध्यापक मुरारी थापालाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

janaki secondary schoolकार्यक्रममा मन्तव्य राख्दै खड्काले आफू विशेषगरी सदरमुकामबाट टाढा रहेका र पछाडि पारिएका विद्यालयहरूको भौतिक र शैक्षिक अवस्था सुधार्न लागी परेको बताए । घ्याडफेदी गाविसका विद्यालयहरूको भौतिक अवस्था सुधारको लागि आफूले तत्काल प्राथमिकतासाथ सक्दो सहयोग गर्ने बचनबद्दता समेत उक्त अवसरमा व्यक्त गरेका थिए ।

कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट गेर्खुटार युवा क्लवका सभापति मुकुन्द नेपालले सदरमुकामबाट टाढा रहेको र यातायात संचार र अन्य पूर्वाधारहरूको राम्रो र भरपर्दो व्यवस्था नभएको घ्याडफेदी गाविसमा विकास निर्माणको कार्य कठिन भएता पनि सफलता प्राप्त भएको बताए । यस क्षेत्रका वालवालिकाहरूले सुविधा सम्पन्न विद्यालय भवनमा बसेर अध्ययन गर्ने अवसर प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै सहयोगी संस्था आर्से नोभाको मुख्य कार्यालय जर्मनी, परियोजना समन्वय कार्यालय विदुर, नुवाकोट एवं मिसन प्रमुख नाजिर अहमद समेतको तर्फबाट संलग्न सबै पक्षप्रति आभार प्रकट गरेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top