२०८१, १३ बैशाख बिहीबार

तीन विद्यालयमा प्राविधिक शिक्षा

    असार १६ २०७३ १७:०३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सरकारले हरेक निर्वाचन क्षेत्रमा एक प्राविधिक शिक्षा अध्ययन गर्ने निति अनुसार नुवाकोटको तीन वटै निर्वाचन क्षेत्रमा एक एक वटा प्राविधिक विद्यालय स्थापना भएको छ ।

यस वर्ष थानसिंको महेन्द्र उच्च माध्यामिक विद्यालय र खरानीटारको अमरज्योति उच्च माविमा प्राविधिक विषय थप भएसंगै जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना भएको हो । क्षेत्र नं. ३ को रणभुवनेश्वरी उच्च माविमा गत दुई वर्ष अघिबाटै प्राविधिक विषयको कम्प्युटर शिक्षाको पढाई हुँदै आएको छ ।

जिल्ला शिक्षा कार्यालय नुवाकोटका सूचना तथा कार्यक्रम अधिकृत सुकदेव नेपालका अनुसार यो शैक्षिक सत्रबाट खरानीटारको अमरज्योति उच्च माविमा कक्षा नौंदेखि सिभिल ईन्जिनियरिङ्ग र थानसिंगको महेन्द्र उच्च माविमा कम्प्युटर विषयमा पढाई सुरु हुने भएको छ । प्राविधिक शिक्षासंगै सरकारले सबै निर्वाचन क्षेत्रमा कम्तिमा एक÷एक वटा प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य पुरा गरेको नेपालले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top