विद्यार्थीलाई पढ्न होईन धर्म सिकाउदै ‘कार्नेट नेपाल’

    असार १६, २०७३

sizen education study in Japan
ananda Jewellery shop

Carnet Nepal

विदुर – भुकम्पबाट प्रभावित भएका नागरिकहरुलाई सहयोग गर्न र पुर्ननिर्माणमा सघाउनका लागि नुवाकोट आएको एउटा सामाजिक संस्थाले इसाई धर्मको प्रचार प्रसार गरेको भेटिएको छ ।

‘कार्नेट नेपाल’ नाम गरेको नाफा रहित गैर सरकारी संस्थाले नुवाकोट जिल्लाका तीन वटा चर्चमा मासिक रुपमै आर्थिक लगानी गरेर बालबालिकाहरुलाई धर्मको विषयमा पठनपाठन गराउँदै आएको अनुगमनबाट फेला परेको हो ।

हासखेल गर्ने बेला र उमेरका बालबालिकालाई धार्मिक प्रशिक्षण दिँदै हातहातमा बाइबल थमाइयो भने तपाईलाई कस्तो लाग्ला ? त्यो पनि भुकम्प पिडित नागरिकहरुको सहयोगका लागि भन्दै विदेशबाट मागेर ल्याएको रकमबाट ?

एक वर्ष अघिको भुकम्प पछि नुवाकोटमा काम गर्न भित्रिएको समरीटन्स पर्स नाम गरेको अन्तराष्ट्रिय गैर सरकारी संस्थाको आर्थिक सहयोगलाई कार्नेट नेपालले नुवाकोटका एक सय बालबालिकालाई क्रिस्चियन बनाउका लागि प्रयोग गर्दै आएको छ । विद्यालय जाने उमेर समुहका बालबालिकालाई जम्मा पारेर दैनिक एक घण्टा बाल विकास केन्द्रको नाममा धर्म सिकाउँदै आएको भेटिएको छ ।

विदुर नगरपालिका वडा नं. ५ पिपल्टार ठूलोगाउँका कक्षा तीनमा पढ्ने गंगा कुमाल रक्तकाली विद्यालयमा कक्षा ३ मा पढ्छिन् । विद्यलायबाट फर्के लगत्तै गाउँको पुछार (ठूलो गाउँ)मा रहेको पिपल्टार एजी चर्च मण्डलीको कक्षा कोठामा चार बवेभित्र पुगिसक्नु उनको दिनचर्या बनेको छ । आठ महिनादेखि नियमित रुपमा चर्चमा धाउँदै आएकी नौ वर्षिया गंगालाई घर र त्यहाँ केही फरक छैन । उनी चर्चमा सञ्चालन भएको बाल विकास केन्द्मा पुगेपछि दैनिक रुपमा मासु भात खान्छिन् । आवश्यक स्टेशनरी सामाग्री र लुगा फाटो पाउँछिन् । यसरी आर्थिक विपन्नता भएको परिवारका लागि लोभ्याउने तरिका अपनाएको पिपल्टार एजी चर्चले नावालकलाई धार्मिक गतिविधिमा सम्लग्न गराउँदै आएको छ । र त्यसलाई सधाएको छ कार्नेट नेपाल नाम गैर सरकारी संस्थाले ।

तीन वर्ष उमेर समुहसम्मका बालबालिकालाई मात्रै बाल विकास केन्द्मा पठाउन पाउने पवधान रहेपनि यहाँ कक्षा ६ सम्मका बालबालिका पढ्छन् । त्यही पठाइएको नाममा यहाँ बालबालिकालाई धार्मिक सिकाईमा प्रयोग गरिएको छ । पढाईको नाममा ईश्वरको प्रार्थना गर्न लगाउने कार्नेट नेपालले यहाँ मात्र नभई बागेश्वरीमा समेत दुईवटा चर्चमा मासिक रुपमै पैसा पठाएको छ । श्रोतका अनुसार पिपल्टारको एजी चर्च, बागेश्वरीको नविन चर्च चोकते र कुवापानी नेपाली इसाई मण्डलीका लागि कार्नेट नेपालले मासिक एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । कार्नेट नेपालले आफुहरुलाई सहयोग गर्दै आएको पिपल्टार एजी चर्चका पास्टर रामप्रसाद पुडासैनी बताए । उनका अनुसार कार्नेट नेपालले दिएको पैसालाई चर्चले ब्यवस्थापन गरेर बाल विकास केन्द्र खोलिएको छ । र त्यही बाल विकास केन्द्रमा धार्मिक गतिविधिहरु सञ्चालन भईरहेको छ ।

कार्नेटबाट रकम बुझ्ने चर्चको काम भने समुदायका पिछडिएका जातीका बालबालिकालाई जम्मा गरेर धर्मको प्रशिक्षण दिने रहेको छ । त्यसका लागि बाल विकास नाममा धार्मिक पढाई सञ्चालन गरिरहेको चर्चहरुले दैनिक रुपमा बालबालिकालाई मासुभात, लत्ताकपडा, स्टेशननरी सामाग्री वितरण गर्दै आएको छ । पिपल्टरकै रविना कुमाल घरमा जस्तै विद्यालयमा खान पाइने बताउँछिन् ।

Carnet Nepal

तर, पिपल्टार एजी चर्चका पास्टर तथा एजी बाल विकास केन्द्र पिपल्टारका प्रमुख रामप्रसाद पुडासैनी कम आयश्रोतभएकालाई सहयोग मात्रै गरेको दावी गर्नुहुन्छ । यसलाई प्रलोपको उपायाका रुपमा बुझ्न नहुने उनको तर्क रहेको छ । कार्नेट नेपालको आर्थिक सहयोग लिदै आएको बताउनुहुने पिपल्टार एजी चर्चका पास्टर रामप्रसाद पुडासैनी समुदायका कमजोर आर्थिक अवस्था भएकाहरुलाई सहयोग गरेको मात्रै बताउनुहुन्छ । पिपल्टार ठूलोगाउाका कुमाल समुदायका ३४ जना बालबालिकाको सिकाई केन्द्रको रुपमा रहेको चर्चमा धार्मिक गतिविधि नभएको उहाँको दावी छ ।

Bibal Bookतर, अनुगमनको क्रममा कक्षाकोठामै बाइबलको किताव भेटिएपछि यस संवादादताले विद्यार्थीको अगाडी किन बाइवल राख्नुहुन्छ त ? भनि सोध्दा उनी भन्छन् : ‘अब लुकाउनु पर्ला, गल्ती भएछ ।’

गैर सरकारी संस्था कार्नेट नेपालले जिल्लामा धार्मिक गतिविधि सञ्चालन गरिरहेको गुनासो बढेपछि गैर सरकारी संस्था महासंघ नुवाकोटको अगुवाईमा बुधवार पिपल्टार बालविकास केन्द्रको अनुगमन भयो । अनुगमनका क्रममा कार्नेट नामक गैससले चर्चमा लगानी गरेको पाइएको गैसस नुवाकोटका अध्यक्ष मिनकुमार केसीले बताए । जिल्ला विकास समितिका अनुगमन समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुको सहितको अनुगमन टोलीले बालबालिकालाई प्रत्यक्ष रुपमा प्रभुको प्रार्थना गर्न लगाएको समेत पाएको छ । त्यसै गरी कक्षा कोठामा चर्च र धर्म सम्वन्धी चित्र कथाहरु राखिएको, इसाई धामिृक वातावरणमा बालबालिकालाई राखेर अध्यायन गराउने गरेको तथ्य अनुगमनमा फेला परेको छ ।

जिल्ला विकास समिति नुवाकोटका सामाजिक विकास अधिकृत पुष्कर शर्मा रिमाल यो भन्दा पहिला पनि यसरी कक्षा सञ्चालन नगर्न सुझाव दिँदा पनि यसले निरन्तरता पाइरहेको बताउनुहुन्छ । पिपल्टार सहित बागेश्वरीमा पनि यसरै गरी बाल विकास केन्द्र सञ्चालन गर्ने र त्यसलाई चर्च भित्र राख्ने गरेको जानकारी पाएपछि सचेत गराएको बताउँछन् । पटक पटक सचेत गरेपनि उनीहरुले अटेर गर्दै आएका छन् ।

राजनीतिक दलका पदाधिकारीहरुले यस भन्दा अगाडी देखिनै कार्नेट नेपालले धर्ममा लगानी गरेको विषयमा पटक पटक कुरा उठाउँदै आएका थिए । बुधवारको अनुगमनका क्रममा सहभागी भएका नेपाली काँग्रेसका बिन्दा अर्याल तीन वर्षसम्मका बालबालिकालाई बाल विकास केन्द्रमा राख्न पाउने भएपनि आठ कक्षा सम्म पढेकाहरुलाई बाल विकास केन्द्मा राखेर धार्मिक गििवधि सञ्चालन भइरहेको बताउँछिन् । उनका अनुसार बाल विकास केन्द्रको नाममा कार्नेट नेपालले पिपल्टार चर्चसंग मिलेर बालबालिकालाई बाइवल पढाई रहेको छ, धार्मिक प्रार्थना गर्न सिकाइरहेको छ ।

नेकपा माओवादी केन्द्रका नविन पुडासैनी कार्नेट नेपालले नुवाकोट जिल्लामा इसाई धर्मालम्वीहरुसंग मात्रै काम गरिरहेको र भुकम्प पिडितको नाममा ल्याएको खर्चको दुरुपयोग भइरहेको बताउँछन् । जिल्ला शिक्षा कार्यालयबाट विभिन्न विद्यालय बनाउने नाममा स्विकृति लिएको कार्नेटले अहिलेसम्म एउटै इट्टा पनि कतै नगाडेको उनी बताउँछन् ।

VDC Letter Carnet Nepal चर्चमा बालविकास केन्द्र सञ्चालन भएको र बालबालिकालाई धार्मिक प्रशिक्षण दिएको भन्दा पहिलो गम्भीर विषय अर्को रहेको छ । भुकम्प पिडितका लागि काम गर्न कार्नेट नेपाल नाम गरेको संस्थाले ल्याएको रकम धर्म प्रचारमा खर्च । यस अघिदेखि अन्य सम्प्रदायसंग पुर्वाग्रही र एकांकी देखिदै आएको आरोप लागेको समरीटन्स पर्स र कार्नेट नेपालले इसाई धर्मालम्बीहरु जिल्लामा फैलाउनका लागि मात्रै रकम लगानी गरेको देखिएको छ ।

यसरी भुकम्प पिडितका नाममा पाप कर्म गरिहरेको कार्नेट नेपालाको सन्र्दभका संस्था खारेजीसम्मको अवस्था आउँने गैसस नुवाकोटले जनाएको छ । गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष कार्नेट नेपालको कार्यका कारण समग्र गैससलाई जिल्लामा अप्ठ्यारो परेको बताउछन् ।
यसरी भुकम्प पिडितहरु गाँस वाँसकै ठेगान नभएर पोहोरकै जस्तो अवस्थामा गुज्रिरहनु पर्दा सरकारबाट भुकम्प पिडितलाई सहयोग गर्ने र पुर्न निर्माणमा सघाउने अख्तियार लिएर आएको संस्थाहरु आफ्नै स्वार्थमा व्यस्था छन् । भुकम्प पछिमात्रै नुवाकोट जिल्लामा २० भन्दा बढी चर्चहरु निर्माण भएको एक अनौपचारिक अध्यायनले देखाएको छ ।

– अटेर कार्नेट –

8

धर्मसंग जोडिएको विवादित कुरा पटक पटक आएपछि कार्नेट नेपाल जिल्ला शाखा नुवाकोटलाई गैसस महासंघ नुवाकोटले जेठ २० गते पचत्रार गरेर स्प्रष्टिकरण सोध्यो । अहिलेसम्म गैससलाई प्रत्युत्तर नदिएको कार्नेटले बागेश्वरीको दुईटै चर्च र पिपल्टारको चर्चमा बाल विकास केन्द्रको नाममा बालबालिकालाई धर्म सिकाईरहेको छ । त्यसै गरी बागेश्वरीलाई कार्य क्षेत्र बनाएको कार्नेट नेपालले विभिन्न विद्यालय भवन बनाउने प्रतिवद्धता जनाएपछि राजनीतिक दलले गरेको निर्णयलाई कार्यान्वयनमा त ल्याएन नै गाविसको कार्यालयलाई समेत वास्त गरेन । चर्च भित्रको बाल विकास केन्द्र बनाउने नाममा विद्यालय भवन बनाउने निर्णय गाविसबाट गराएपछि गाविस कार्यालय देखि राजनीतिक दलहरु कार्नेट नेपालसंग ‘फायर’ भएका छन् । त्यसैले गाविसको कार्यालले उक्त संस्थालाई जेठ २४ गतेबाटै लागू हुनेगरी गाउँ निकाल गरिदिएको छ । तर अझै पनि अटेर गरेर संस्थाले चर्चसंगको सहकार्यमा बालबालिकालाई बाइवल पठाइरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top