sujim bazar advert

क्याम्पस प्रमुख छनोटमा बिबाद

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको प्रमुखमा नारायणमान डंगोललाई नियुक्ती गर्ने सञ्चालक समितिको निर्णय प्रति विभिन्न विद्यार्थी संगठनहरुले असहमती जनाएका छन् ।

अवैध तरिकाले क्याम्पस प्रमुखको नियुक्ति भएको भन्दै उक्त निर्णय तत्काल खारेज हुनुपर्ने माग विद्यार्थीहरुले गरेका हुन् । अन्य १३ वटा माग राख्दै विद्यार्थीहरुले मागको स्म्बोधन नभएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा क्याम्पसमा पत्रकार सम्मेलन गरेर आफ्नो मागको स्म्बोधन नभएर अर्को साताबाट आन्दोलन गर्ने जनाएका छन् । उनीहरुले पत्रकार सम्मेलन पछि जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा क्याम्पसमा प्राध्यापकहरुको ज्याजती बढ्दै गरेको, क्याम्पस प्रमुख सरकारी पेन्सन प्राप्त भएकोले पुर्न नियुक्ती हुन नहुने, मनोमानी रुपमा गरिएको खर्चको विवरण सार्वजनिक हुनुपर्ने लगायतको माग लेखिएका छ ।

अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट राजेन्द्र पनेरु, नेविसंघका तर्फबाट अच्युतराज महन्त गिरी र अनेरास्ववियुका सत्यराज रिमालले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

यस्तै, विद्यार्थीहरुको मागलाई सम्बोदन गर्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारका क्याम्पस प्रमुख नारायणमान डङ्गोलले क्याम्पसको शैक्षिक, भौतिक सुधारको निम्तिमा आफु सदैब लागेकोले क्याम्पस सञ्चालक समितिले आफुलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको बताए ।
साथै सरकारी सेवाबाट पेन्सन सुविधा लिइरहेको व्यक्तिलाई सरकारी अनुदानमा सञ्चालक हुने क्याम्पसको सेवा सुविधा लिने गरी नियुक्त गर्न नमिल्ने कुरा आइरहेकोमा उहाले नेपाल सरकारको श्रोत व्यक्तिको पदमा काम गरे बापतको पुरस्कार आफुले प्राप्त गरेकोले दोहोरो सुबिधा नहुने बताएका छन् ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको प्रमुखमो सञ्चालक समितिको बैठकले पुन नारायणमान डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ । तीन वर्षे कार्यकालका लागि उहाँलाई जिम्मेवारी दिइएकोमा सञ्चालक समितिका सदस्य श्रीराम श्रेष्ठले बैठक पुस्तिकामा असहमती जनाएका थिए । सरकारी सेवाबाट पेन्सन सुविधा लिइरहेको व्यीक्तलाई सरकारी अनुदानमा सञ्चालन हुने क्याम्पसको सेवा सुविधा लिने गरी नियुक्त गर्न नमिल्ने श्रेष्ठको अडान रहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top