कात्तिक १७, नुवाकोट । बाढीपीडित परिवारको पुनःस्थापनाका लागि नेशनल भोलिन्टियर फोर्सले ४० वटा घरटहरा निर्माण कार्य सुरु गरेको छ।
नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले आज बुधसिङघाटस्थित मैरिटारमा आयोजित एक कार्यक्रमका बिच उक्त निर्माण कार्यको उद्घाटन गरेका हुन् ।
भदौ १० गते आएको भोटेकोशी बाढीका कारण घरबारविहीन बनेका विदुर नगरपालिका वडा नं. ३ मैरिटारका बाढीपहिरोबाट प्रभावित घरबारविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले उक्त आवास निर्माण कार्य सुरु गरिएको हो।
विपद् प्रभावित नागरिकलाई सुरक्षित बसोबास र नयाँ आशा प्रदान गर्ने यस मानवीय पहललाई स्थानीय तह र सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्।