बढ्दो छ तापक्रम यहाँ, यो धर्ती बचाउनुपर्छ,
जलवायु परिवर्तनको संकट,अब हटाउनुपर्छ।
डढेलो र वन विनाशले, संकट निम्त्यायो हेर,
हरियो वन जोगाएर, कार्बन यहाँ आय बन्नुपर्छ।
भन्छन् सबै रेडप्लसको, एउटै मात्र नारा छ,
उत्सर्जन घटाई विश्वमा, शितलता छाउनुपर्छ।
आदिवासी, स्थानीय, विपन्नको हक छ यसमा,
समान लाभको बाँडफाँट, नीतिमै समाउनुपर्छ।
परम्परागत ज्ञानलाई, सम्मान गरौँ है सबैले,
वन संरक्षणको तिनकै हातमा थमाउनुपर्छ।
मौसम परबर्तनमा सबै हिमाल पग्लिन थाल्यो,
सचेतनाको दियो बाली, सबैलाई जेगाउनुपर्छ।
सामुदायिक वनका उपभोक्ता,सजग हुनुपर्छ,
पर्यावरणकाे याेजनामा, नेफिनसँगै एक हुनुपर्छ।
कारखानाको धुवाँ, गाडीको प्रदुषण रोकौँ,
स्वच्छ हावा,सफा पानी, भोलिकाे हुनु पर्छ।
‘लिफ’ साझेदारीले, ल्याएको छ आशा,
दिगो वन व्यवस्थापनमा, एक मन लगाउनुपर्छ।
महिला-युवा,अपाङ्गता नछुटुन् अभियानमा,
लक्षित बर्ग समावेशी सहभागिता हुनुपर्छ।
रुख काट्ने बानी छोडी, नयाँ बिरुवा रोपौँ अब,
उजाड डाँडापाँखा, हरियालीले सजाउनुपर्छ ।
पालिकास्तरमै अब त, योजना बन्नु पर्ने भयो,
स्थानीय सरकारको ध्यान, वनतिरै हुनुपर्छ।
बाढी-पहिरो, खडेरीको,त्रास बढ्यो गाउँघरमा,
प्रकृतिको सन्तुलन, बिग्रनबाट बचाउनु पर्छ।
कार्बन व्यापारको कुरा बुझाउनु छ जनमासमा,
क्षेत्राधिकार रेडप्लसमा उत्सर्जन बुझाउनु पर्छ।
न्यूनीकरणमा सरकारी-जनता, एकैमा उभिएर,
रेडप्लसका सुरक्षा नीति तत्काल लागू गर्नुपर्छ।
गुनासो सुन्ने संयन्त्र, बलियो बनाउनु पर्छ,
न्यायपूर्ण विकासको बाटो, समाउनु पर्छ।
कालो धुवाँ फाल्ने प्रविधि, विस्थापित विस्तारै,
हरित ऊर्जाको प्रयोग, देशैभर बढाउनु पर्छ।
भावी पुस्ताले धिक्कार्ने छन्, नसोचे हामीले,
सुन्दर र स्वच्छ धर्ती, उनीहरूलाई सुम्पनुपर्छ।
क्षमता अभिवृद्धि गराई, नेतृत्व सुदृढ बनाऔँ,
सचेतनाको यो सन्देश, घर-घरमा पुर्याउनुपर्छ।
प्रकृति हाँसे मानव हास्छ, भुल्नु हुन्न यो सत्य,
विश्वकै हितका लागि, आजै कदम चाल्नु पर्छ।
नेपालभरि रेडप्लस, कार्बन, उत्सर्जनकाे सचेत,
उत्सर्जन न्यूनिकरण वडाकाे टाेलटाेलमा हुनुपर्छ।

प्रतिक्रिया