+
Search

ताजा अपडेट +

पपुलर +

बाल दिवसमा र्‍याली

डबली खबर
१० महिना अगाडी

४ मङ्सिर, नुवाकोट । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा विदुर नगरपालिका-९ स्थित भैरुम माध्यमिक विद्यालयको आयोजनामा बाल अधिकारसम्बन्धी र्‍याली तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ।

सहभागी सबै विद्यालयका विद्यार्थीहरूले बाल अधिकारसम्बन्धी विभिन्न नाराहरू बोकेर कोलोनी क्षेत्र परिक्रमा गरेका थिए।

बाल अधिकारबारे जनचेतना जगाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा विदुर नपा-८ र ९ को कार्यालय, जिल्ला खेलकुद विकास समिति नुवाकोट, स्थानीय नगर प्रहरी चौकी कार्यालय, ज्ञानकुञ्ज विद्यालय, स्टार बोर्डिङ स्कुल र सूर्यज्योति बोर्डिङले सहकार्य गरेका थिए।

कार्यक्रमले स्थानीय विद्यार्थी तथा समुदायलाई बाल अधिकारप्रति थप संवेदनशील बनाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन श्रेष्ठले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ