+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्री बानियाँ नुवाकोटको आउँदै

cm indra bahadur baniya coming to Nuwakot
डबली खबर
५ महिना अगाडी

४ मङ्सिर, नुवाकोट । विदुर नगरपालिकाको बट्टारमा अवस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ११औँ क्याम्पससभा यहि मंसिर ६ गते हुने भएको छ।

क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठका अनुसार सभामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहने छ।

क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक प्रगति विवरण प्रस्तुत गरिने यो सभा क्याम्पसको एक महत्वपूर्ण वार्षिक कार्यक्रम हो। क्याम्पससभाले आगामी शैक्षिक योजना र कार्यक्रमहरूलाई समेत अनुमोदन गर्नेछ ।

क्याम्पस प्रशासनले सम्पूर्ण प्राध्यापक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरूलाई सभामा सहभागी हुनका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ