+
Search

ताजा अपडेट +

पपुलर +

‘किसानसँग जनप्रतिनिधि’

mayor and deputy mayor with farmer
डबली खबर
९ महिना अगाडी

६ भदौ, नुवाकोट । विदुर नगरपालिकामा किसानसँग जनप्रतिनिधिबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ।

विदुर नगरपालिका–८ को आयोजनामा भएको कार्यक्रममा विदुर नपाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, कृषि अधिकृत सविना बोगटी, पशु विकास अधिकृत भरत पाण्डे लगायतले कृषकहरूलाई लक्षित सेवा, अनुदान तथा प्राविधिक सहयोगका विषयमा प्रष्ट परेका थिए ।

विनपा ८ नम्बरका वडा अध्यक्ष कमल श्रेष्ठले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै किसानका समस्या समाधानमा वडा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सहभागीहरुले बाँदरको आतंक, मलको अभाव, केरा पकेट कार्यक्रम सञ्चालनको आवश्यकतालगायतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा कृषि विकास तथा पशु सेवा सम्बन्धी सेवाहरूको जानकारी दिइएको वडा सदस्य श्रीकृष्ण रिजालले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ