+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल टेलिकमद्वारा आइसिटी ल्याब हस्तान्तरण

ict lab installation handover in Tribhuvan Trishuli Secondary School Nuwakot
डबली खबर
११ महिना अगाडी

१९ असार, नुवाकोट । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विदुर नगरपालिका–१ त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई आइसिटी ल्याबलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

बिहिबार आयोजित एक कार्यक्रमका बीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले संयुक्तरुपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विदुर नपा-१ नम्बरका वडा अध्यक्ष लेनिन रञ्‍जित र प्रधानाध्यापक महेन्द्र राउतलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले विद्यालयमा आइटी शिक्षा प्रवर्द्धनमा टेलिकमको योगदानप्रति आभार व्यक्त गर्दै सामग्रीको उचित प्रयोग र संरक्षण गर्नुपर्ने बताए ।

टेलिकमले आइसिटी ल्याब निर्माणलाई आवश्यक १२ थान कम्प्युटर, १२ थान युपिएस र सबै कम्प्युटरमा एन्टिभाइरस जडान गरिदिएको नेपाल टेलिकम नुवाकोट शाखाका प्रमुख विकास महर्जनले जानकारी दिए ।

कार्यक्रममा नेपाल टेलिकमका केन्द्रीय व्यापार अधिकृतहरु खगेश्वर कालाथोकी, कृष्णप्रसाद बञ्जारा, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो ल्याब स्थापनासँगै विद्यालयमा तीन कम्प्युटर ल्याब निर्माण भएको छ।

यस्तै, टेलिकमले सदरमुकाम विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यमिक विद्यालयलाई एक वर्ष नि:शुल्क इन्टरनेट जडान गर्ने प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ