+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा गणेश पूजा गरेसँगै सुरु भयो होली पर्व

डबली खबर
१ साल अगाडी

२३ फागुन, नुवाकोट । त्रिशूलीस्थित पुरानो साँघु बजारमा गणेश पुजा गरिएको छ । यससँगै नुवाकोटमा हाेली पर्व सुरू भएकाे छ । आज शुक्रबार विधिवत पूजा गरेपछि रुपमा फागु (होली) पर्व सुरु भएको मान्ने गरिन्छ ।

विदुर नगरपालिका-१ स्थित त्रिशूलीमा गणेशको खटलाई स्थानीय क्षेत्र परिक्रमा र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिन पूजा गरिएको स्थानीय मोहनबहादुर श्रेष्ठले जानकारी दिए ।

परापूर्वकालदेखि मनाउँदै आएको गणे: द्ये जात्रासहित होलि पर्व सुरु गरिएको हो ।

जात्रामा नेवारी धिमे बाजा, धा:वाजा र बाँसुरीसहित स्थानीयले खटारोहण गरी बजार क्षेत्र परिक्रमा गरेको छ ।

होली यहीफागुन २९ गते फागु पर्व परेको छ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा सोही दिन यो पर्व मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट होली मनाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ