१४ पुस, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गर्ने जनाएको छ ।
बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । यस अभियानमार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको बैंकले जनाएको छ।
बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर ५०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई १०० रुपैयाँको टपअप बोनस प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो अभियान पौष १० देखि माघ १० सम्म सीमित रहनेछ ।

प्रतिक्रिया