नुवाकोट – सक्षम बहुउद्धेशीय सहकारी संस्था लिमिटेडको दुई करोड ६५ लाख ६० हजार ९५० रुपैयाँ सेयर पुँजी पुगेको छ ।
बिहिबार भएको सहकारीको १७ औं वार्षिक साधारणसभा सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७३ लाख रुपैयाँ बचत सङ्कलन गरी छ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको सहकारीका कोषाध्यक्ष राजुमान प्रधानले जानकारी दिए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले समाजमा छरिएर रहेका बचत सङ्कलन गरी उत्पादन र स्वराजगारमूलक क्षेत्रमा लगानी गर्न सहकारीको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष तुलसी दवाडीले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए ।
सहकारीले ज्येष्ठ सदस्य तथा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
सहकारीमा ६ सय ११ महिला सहित १ हजार १ सय ३० जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया