+
Search

ताजा अपडेट +

पपुलर +

कठघरामा उभिएर

kazi-khan-courtroom poem
डबली खबर
२ साल अगाडी

श्रीमान !
म बैमान छु।
म झुटो छु।
मैले आमालाई ढाँटेकि छु।
१६ नलाग्दै,
परपुरुषको,
चुम्बनले मेरा ओठ्हरु,
रङ्गिएका थिए।

त्यस दिन,
त्यसै दिन नै मेरो कुमारित्व
मैले नै
मेरै मर्जिले
हुत्त्याएँ।
फ्याकेँ,
चाखेँ मैले पनि,
जबानिको आबेगलाई।

र,
त्यस दिनको भोलि ब्यान,
कुमारीनै चाहिने,
पुजा गरेकी छु।

रजस्वला रोकिएर ४/५ दिन
श्रीमान ४…..५…दिन,
मैले आमा सङ्ग नाटक गरेकी छु।

त्यस दिन डस्ट्बिनमा,.
दुईजिउ नाप्ने यन्त्र,
फ्याँकेकि थिएँ।

टाउको दुख्यो भनी,
रिसाएर नाटक गरेकी थिएँ आमा!!

हरदिन ,
त्यसपछि महोदय,
हर दिन लुटिन्थेँ।
हर रात ,
मेरा अबोध स्तन

मेरा अमर योनि,
सिकार बन्थे।

म पापी हुँ जर्ज साहाब,
म पापी हुँ।

१०० मा २५ मेरै सहमती थियो।
होला ७५ बाध्यता,

डर,
अज्ज जर्ज साहाब
इज्जतको डर!

जुन इज्जत कोपर कापर बनाएर,

कति बनावटी है म?

हाँसेर,
बिस्वास जितेर,
तिम्रा,
ए बा!।
ए आमा तिम्रा,

पड्न जान्छु,
पिक्निक जान्छु,
काम छ,
साथिको बर्थ्डे छ,.
इत्यादी…..
बाहाना त कत्ती हो कत्ती?

।बा तिमी बे चैन भै सुत्दा,
म चैन गर्दै थिएँ।

अनि हजुर ले थाह पाउनु भो भनेर,
म यसलाई बलात्कारी कसरी भनुँ?

हाम्रो जात मिलेन भनेर ,
यसलाई म बलात्कारी कसरी भनुँ।

तिम्रा इज्जत बचाउन…
कुन इज्जत बा?
कुन इज्जत??

।जर्जसाहाब!
कुनै धारा छैन?
छ भनी घुमाउनुस कलम र
सजाय दिनुस मलाई!

किन कि शुरुमा त,
मैले चाँई यो केटाको बलात्कार गरेकि हुँ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ