+
Search

ताजा अपडेट +

पपुलर +

संगम सहकारीद्वारा त्रिशुली अस्पताललाई पानी शुद्धीकरण उपकरण सहयोग

sangam sahakari ro water purify machine handover to trishuli hospital
डबली खबर
५ साल अगाडी

कोलेनी, नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो  २४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्रिशुली अस्पताललाई पानी शुद्धिकरण गर्ने उपकरण उपलब्ध गराएको छ ।

सहकारीले वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने तथा मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई उक्त शुद्धीकरण उपकरण हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला अधिकारी ढकालले सहकारीमा अध्यक्ष को बन्ने भन्ने होडबाजी भन्दा पनि सहकारीका अवधराणालाई आत्मसात गर्दै स्थानीयस्तरमा सहकारीले उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्ने बताए । राजधानीका अस्पताल सरह नै सुविधा पाउने जिल्ला अस्पताललाई थप सुविधा सम्पन्न बनाउनको लागि आम नागरिकले सहयोग गर्नुपर्ने बताए।

सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका बिरामीहरुको लागि शुद्ध खानेपानी पिलाउने उद्देश्य अनुरुप सहकारीले वार्षिकोत्सवको अवसरमा उक्त सामग्री प्रदान गरिएको बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पताललाई करिब ३२ हजार बराबरको पानी शुद्धीकरण गर्ने उपकरण प्रदान गरिएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले शुद्धीकरण उपकरणले बिरामीहरुमा सुविधा थप टेवा पुग्ने बताए । उनले अस्पताललाई शुद्धिकरण उपकरण हस्तान्तरण गरेकोमा सहकारीलाई अभार व्यक्त गरे ।

जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले नाफा कमाउने व्यवसाय मात्र नभई कमाएको नाफा मध्ये केही प्रतिशत समाजिक कार्यमा सहकारीले लगाउनु पर्ने बताए ।

सहकारीले यसअघि बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर पनि उपलब्ध गराएको थियो ।

सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आईरहेको सहकारीले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ